सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘गण्डकी प्रदेश सरकारले छिट्टै पूर्णता पाउछः मन्त्री खड्का


  •    न्युजभित्तो/४ श्रावण २०७८, सोमबार १५:०८ 
  • कास्कि, ४ साउन । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री कुमार खड्काले प्रदेशमा छिट्टै मन्त्रिमण्डल हेरफेर तथा बिस्तार गरिन लागिएको जानकारी दिनुभएको छ । नेपाली काँग्रेस पोखरा महानगरपालिका– १६ द्वारा आज आयोजित ‘सम्मान तथा वडा अधिवेशन’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रदेश सरकारले एक÷दुई दिनमै पूर्णता पाउने बताउनुभयो ।

    सरकार थप विस्तार तथा हेरफेर सम्बन्धमा दलबीच सहमति भइसकेको उहाँले बताउनुभयो । कार्यक्रममा काँग्रेस पोखरा महानगरपालिका–१६ का सभापति होमबहादुर बानियाँ, नेपाल तरुण दलका सभापति विक्रम बस्नेत, पूर्व इकाइ सभापति शिवराज देवकोटा लगायतले मन्त्री खड्कालाई बधाइ दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

    कार्यक्रममा काँग्रेसको १४औँ महाधिवेशनको कार्यतालिका अनुसार यही साउन १२ गते हुने वडा अधिवेशन गर्न एक कार्यदल गठन गरिएको छ । कार्यदलमा काँग्रेसका केन्द्रीय आमन्त्रित सदस्य एवं गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री खड्का, वडा सभापति बानियाँ, सहसभापति दिलनाथ आचार्य, जिल्ला कोषाध्यक्ष लक्ष्मी पाण्डे, महाधिवेशन प्रतिनिधि राधाकृष्ण गुरुङ र पदमसिंह गुरुङ, अधिवक्ता हरिप्रसाद भट्टराईलगायत हुनुहुन्छ । सो वडामा काँग्रेसका ५०६ क्रियाशील सदस्य छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.