सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सौराहाका पर्यटन मजदुरले भन्नछन् खोप नपाए काम सेवा दिन सक्कीन्न


  •    न्युजभित्तो/४ श्रावण २०७८, सोमबार १४:४५ 
  • चितवन ४ साउन । तीन महिनापछि आंशिकरुपमा खुलेका सौराहाका होटलका मजदूरले काम शुरुआत गर्नुअघि कोरोना बिरुद्धको खोपको माग गरेका छन् । ती क्षेत्रका होटलमा दुई हजार ५०० हाराहारी मजदूर कार्यरत छन् ।

    जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा खुकुलो गरेर गत असार अन्तिम साताबाट क्षमताको ३३ प्रतिशत मात्र पाहुना राख्न दिएपछि अधिकांश होटल सञ्चालनमा आएका छन् । होटलमा न्यून मात्र मजदूर रहेका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दिपक भट्टराईले खोप नलगाई काम गर्न मजदूरले नमानेको जानकारी दिनुभयो ।

    उहाँका अनुसार हाल त्यहाँ दैनिक ६०÷६५ पाहुना आउन थालेका छन् । ती पाहुनालाई होटलले सामान्य व्यवस्थापन मात्र गर्दै आएको छ । होटल कुर्न बसेका थोरै मजदूरले होटल सञ्चालन गरिरहेका छन् । त्यही बसेका मजदूर र घरमा रहेका दुवैको माग खोप रहेको छ । उहाँका अनुसार मजदूरलाई खोप लगाइदिन जिल्ला प्रशासन कार्यालयमा संस्थागतरुपमा निवेदनसमेत दिइएको छ ।

    स्थानीय प्रशासनले आंशिकरुपमा सञ्चालन हुने भएकाले त्यही सङ्ख्याका लागि मात्र खोपको माग गर्न भनेपछि ६०० जना मजदूरका लागि पहिलो चरणमा खोप लगाइदिन अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अग्रभागमा रहेर काम गर्नेलाई मात्र खोप लगाइदिन सके धेरै सुरक्षित हुन्छ ।”

    सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेले प्रत्यक्षरुपमा पाहुनासँग काम गर्ने मजदूरलाई खोप नलगाई काममा लगाउन कठिन हुने बताउनुभयो । प्राथमिकताका आधारमा आंशिकरुपमा पहिलो चरणमा खोप लगाइदिन सकेमा होटल सञ्चालनमा सहज हुने उहाँको भनाइ छ । आइतबार मात्र आफ्नो होटल जङ्गल सफारी लजमा पाँच वटा कोठामा पाहुना भएको जनाउँदै उहाँले ती पाहुनासँग प्रत्यक्ष काम गर्नेलाई खोप लगाउन सकेमा सुरक्षित हुने बताउनुभयो ।

    सङ्घका महासचिव गुणराज थपलियाले होटल सञ्चालनमा आउन थालेको जनाउँदै मजदूरलाई खोप लगाएर सुरक्षित बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले कोभिड– १९ बाट बच्ने स्वास्थ्य मापदण्ड अवलम्बन गरेर होटल सञ्चालनमा ल्याएका छौँ । मजदूरलाई सुरक्षित गराएर होटल सञ्चालन गर्नुप¥यो ।”

    वाग्मती प्रदेशका मुख्यमन्त्री, सामाजिक विकासमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर सङ्घले खोपको व्यवस्था मिलाउन आग्रह गरेको छ । सौराहा देशकै तेस्रो पर्यटकीय गन्तव्य हो । जङ्गल सफारीका लागि विश्वभरबाट यहाँ पर्यटक आउने गर्दछन् । हात्तीमा चढेर गैँडालगायतका वन्यजन्तुको अवलोकन पर्यटकको पहिलो रोजाइ हुने गर्दछ । वन, वन्यजन्तु र वनस्पतिका अलवा यहाँ स्थानीय आदिवासी थारुको जीवन्त झल्कने साँस्कृतिक कार्यक्रम, सौराहा सगै जोडिएका धार्मिक स्थान पर्यटकका लागि थप आर्कषण हुन् । जङ्गल ड्राइभ, जङ्गल वाक, डंङ्गा सफारी, हात्ती र गोही प्रजनन् केन्द्र पनि सौराहा आउने पर्यटकका लागि मनोरञ्जनका थप केन्द्र बन्ने गरेका छन् ।

    सो क्षेत्रका १२० होटलमा दुई हजार ५०० श्यया सञ्चालनमा छन् । हाल कोभिडसँगै चितवन राष्ट्रिय निकुञ्जले सामुदायिक वन र निकुञ्जभित्र पर्यटकले गर्ने गतिविधि रोकिइएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले केही दिनभित्र नै सामुदायिक वनमा गरिने गतिविधिलाई अनुमति दिइने तयारी गरिएको बताउनुभयो ।

    सामुदायिक वनमा हात्ती सफारी, सामुदायिक वन र निकुञ्जमा जीप सफारी, दुवै ठाउँमा जङ्गल वाक, डुङ्गा सफारीलगायत गतिविधिका लागि निकुञ्जले अनुमति दिनु पर्दछ । वर्षात्का समयमा निकुञ्जभित्र हुने गतिविधि रोक्ने गरिन्छ । बाहिरको भने सधैँ खुला हुने गर्दछ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’
    पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छः अमेरिकी उपविदेशमन्त्री रोजर्स
    कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
    • ‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको प्रधानमन्त्री शाहबाट जानकारी
    • वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह
    • विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री
    • विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ: प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.