सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पक्राउ परेका छुट्न थालेपछि संरक्षणमा थपियो चुनौती


  •    न्युजभित्तो/४ श्रावण २०७८, सोमबार १०:५५ 
  • चितवनः चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति चितवनले अदालतबाट पक्राउ परेकाहरु छुटन थालेपछि संरक्षण कार्यमा चुनौती थपिएको जनाएको छ । निकुञ्जका कर्मचारी र सुरक्षा निकायको अथक प्रयासबाट पक्राउ परेकाहरु अदालतबाट सामान्य धरौटीमा छुटन थालेपछि संरक्षणमा चुनौति थपिएको समितिले एक विज्ञप्ती जारी गर्दै जनाएको छ ।

    विश्वमा नै नेपाललाई चिनाउने राष्ट्रिय निकुञ्ज र यसमा पाइने एक सिंगे गैंडा, पाटे बाघ लगायत वन्यजन्तुको चोरी शिकारी गर्ने तस्करहरु पुरा कारवाहीको भागिदार भएर छुट्दा समेत पुनः चोरी शिकारीमै संलग्न भएको तथ्यांङ्क सार्वजनिक भइरहँदा अहिले अभियुक्तहरु अदालतबाटै धमाधम छुट्न थालेपछि संरक्षणमा चुनौती थपिएको समितिले जनाएको छ ।

    समितिका अध्यक्ष प्रकाश ढुंगानाद्धारा जारी बिज्ञप्तिमा भनिएको छ “चितवन राष्ट्रिय निकुञ्ज र यसमा पाईने यस्ता बहुमुल्य, लोपोन्मुख वन्यजन्तुहरुको तस्करिमा संलग्न व्यक्तिहरु पुरा अबधि कारवाहीको भागिदार भई छुट्दा समेत पुनः चोरीशिकारमा नै संलग्न भएको तथ्याङ्क सार्बजनिक भइरहेको अबस्थामा हाल राट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार तोकिएको कारवाहीमा परेका व्यक्तिहरु धरौटीमा छोड्ने प्रकृयाले चोरी शिकारमा संलग्न तस्करहरुको मनोवल बढाएको र संरक्षणकर्मीको मनोबल गिराउन पुगेको छ ।”

    लोपोन्मुख वन्यजन्तु चोरीशिकारमा संलग्न हुने अपराधीहरुलाई कडा भन्दा कडा कारवाहीको लागि समेत समितिले माग गरेको छ ।

    चितवन राष्ट्रिय निकुञ्जले दुर्लभ वन्यजन्तु एक सिंगे गैंडा चोरी शिकारी गरेको अभियोगमा ११ जनालाई पक्राउ गरि अदालतमा पेस गरेकोमा ७ जना धरौटीमा रिहा भएका छन् । निकुञ्ज ऐनमा चोरी शिकार गरेकाहरुलाई १५ वर्ष सम्म कैद र रु १ लाख जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.