सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु


  •    न्युजभित्तो/२ श्रावण २०७८, शनिबार १९:४३ 
  • चितवन, २ साउन । पूर्वी चितवनको खैरहनीमा ट्याङ्करको ठक्करबाट एकजनाको मृत्यु भएको छ । अर्का एक जना घाईते भएका छन् । इलाका प्रहरी कार्यालय खैरहनीका अनुसार मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नम्बर १० की २२ वर्षिया सिर्जना चौधरी रहेकी छन् ।

    कार्यालयका प्रहरी निरिक्षक सुबास भट्टका अनुसार आज साँझ ६ वजे मकवानपुरबाट रत्ननगरतर्फ आउँदै गरेको ना ८ ख ३०२४ नम्बरको तेल बोक्ने ट्याङ्करले बिपरित दिशाबाट जाँदै गरेको ना ४४ प ५१२२ नम्बरको मोटरसाईकललाई खैरहनीको पर्साबजार चोकमा ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईकलको पछाडी सवार चौधरी घाईते भएकी थिइन । घाइते चौधरीको उपचारका क्रममा पुरानो मेडीकल कलेजमा मृत्यु भएको कार्यालयले जनाएको छ ।

    कार्यालयका अनुसार मोटरसाइकल चालक रत्ननगर नगरपालिका वडा नम्बर ३ का २६ वर्षिय सुबास चौधरी घाईते हुनु भएको छ । घाईते सुबासको सोही अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याङ्कर, चालक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको छन् ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.