काठमाडौं, २ साउन । प्रदेश नम्बर २ मा नेकपा माओवादी केन्द्र सरकारमा सहभागी भएको छ । आज माओवादीबाट मन्त्री भएका भरतप्रसाद साह र रुवी कर्णले पद तथा गोपनीयताको सपथ लिनुभएको हो । आन्तारिक मामिला तथा सञ्चारमन्त्रीको जिम्मेवारी पाएका साहलाई प्रदेश प्रमुख राजेश झा अहिराजले शपथ ग्रहण गराउनुभएको हो भने राज्यमन्त्री बनेकी कर्णलाई मुख्यमन्त्री लालबाबु राउतले सपथ ग्रहण गराउनुभएको हो । कर्णलाई पनि आन्तारिक मामिला तथा सञ्चार राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीद्वयले शहीदको नाममा सपथ लिनु भएको हो ।