सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा साउन १ गतेदेखि कोरोना विरुद्धको खोप अभियान, ५५ वर्षमाथि, शिक्षक, प्राध्यापक, चालक सहचालकले पाउने


  •    न्युजभित्तो/३१ असार २०७८, बिहीबार ०६:५० 
  • चितवन, ३१ असार । चितवनमा भोलि साउन १ गतेदेखि कोराना विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । जिल्लाका सबै पालिकामा यो अभियान सञ्चालन हुन लागेको हो ।

    स्वास्थ्य कार्यालय चितवनका अनुसार साउन १ र २ गते ५५ वर्ष माथिका सबैलाई यो खोप दिईने छ । नागरिकता वा अन्य परिचय खुल्ने सरकारी कागजात लिएर आउनेहरुलाई खोप उपलब्ध हुने छ । साउन ३ गते सरकारी, निजी र सामुदायिक विद्यालय तथा क्याम्पसका प्राध्यापक, शिक्षकलाई खोप लगाईने छ । सम्बन्धित पालिकाको शिक्षा शाखाबाट प्रमाणित गरेको प्रतिलिपि र कार्ड अनिबार्य गरिएको कार्यालयका प्रमुख दिपकप्रसाद तिवारीले बताउनुभयो ।

    यसैगरी यस अघिनै तोकिएको तर खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, कर्मचारी, पत्रकार, बैक कर्मचारी, सुरक्षाकर्मी, संंस्थान कर्मचारी, जनप्रतिनिधि सबैले यो खोप लगाउन पाउने छन् । परिचय र प्रमाण खुल्ने कागजात लिएर सम्बन्धित खोप केन्द्रबाट खोप लगाउने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

    यस्तै खोप अनिवार्य गरेका देशमा जानु पर्ने व्यक्तिहरुले पासपोर्टमा भिसा लागेको प्रमाणसहित आएमा उनीहरुलाई पनि यो खोप दिईने तिवारीले बताउनुभयो । सार्वजनिक सवारीका चालक र सहचालकलाई लाईसेन्स र सम्बन्धित निकायबाट प्रमाणसहित आएमा खोप लगाउने व्यवस्था गरिएको छ ।

    तोकिएका समूहबाहेक अन्यलाई यो खोप दिन नमिल्ने बताउँदै तिवारीले भन्नुभयो “तोकिएका समूहबाहेक अरुलाई खोप दिन मिल्दैन । यस अघि कोभिडशिल्ड पहिलो डोज लगाएकाहरुलाई पनि यो खोप लगाउन मिल्दैन ।” खोप सम्बन्धी केही समस्या भएमा सम्बन्धित वार्डको स्वास्थ्य संस्थाबाट जानकारी लिन सकिने कार्यालयले जनाएको छ । (कान्तिपुर हेल्थबाट)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
    मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक
    गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान
    • अपी हिमालः जहाँ प्रकृति बोल्छ
    • यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    • खलामा धान भर्दै स्थानीय सरकार
    • भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.