सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘जडीबुटीको व्यवस्थापन र उपयोग हुनुपर्नेमा जोड : प्रदेश जनसङ्ख्यामन्त्री मधु


  •    न्युजभित्तो/२९ असार २०७८, मंगलवार १४:१६ 
  • गण्डकी, २९ असार । गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधु अधिकारीले जडीबुटीको व्यवस्थापन र उपयोग हुनुपर्नेमा जोड दिनुभएको छ ।

    गण्डकी आयुर्वेद औषधालयद्वारा आज यहाँ आयोजित वार्षिक समीक्षा कार्यक्रममा उहाँले प्राकृतिक उपचार प्रणालीको विकास तथा विस्तार गर्नुपर्ने बताउनुभयो ।

    प्रदेशको माथिल्लो भेगका जिल्लामा पाइने जडीबुटीको प्रवद्र्धनबाट प्रदेशमा आयुर्वेद पर्यटनको समेत विकास गर्न सकिने उहाँले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले सीमित स्रोतसाधनका बीचमा पनि गण्डकी आयुर्वेद औषधालयले प्रगति गरेको बताउनुभयो ।

    औषधालयका प्रमुख डा कुमार कासुलाले आयुर्वेद क्षेत्रका रणनीतिक तहगत समस्याको पहिचान भएको र यसको निराकरण हुने अपेक्षा गरिएको बताउँदै जडीबुटीको संरक्षण र उपयोग हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । उक्त अवसरमा औषधालयले तयार गरेको प्रदेश भित्रका आयुर्वेदिक विषय जानकारी समेटिएकोे डायरी विमोचन गरिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.