सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेचर गाईडको माग कोभिड खोप


  •    न्युजभित्तो/२६ असार २०७८, शनिबार १७:४७ 
  • चितवनः नेचर गाईड एसोशियसन रत्ननगरले कोरोना सङ्क्रमण बिरुद्धको खोप आँफुहरुलाई पनि उपलव्ध गराउन माग गरेको छ । एसोशियसनले आज पत्रकार सम्मेलनको आयोजना गरि सफारी पर्यटन सञ्चालन र पर्यटन सुचारु गर्नका लागि पनि आँफुहरुलाई कोरोना बिरुद्धको खोप दिन आबश्यक रहेको जनाएको हो ।

    तीन तहको सरकारसंग चार वुद्धे माग समेत एसोशियसनले राखेको छ । मागहरुमा कोभिड खोप उपलव्ध गराइनु पर्ने, बार्षिक नबिकरण शुल्क मिनाह गर्नु पर्ने, बन्यजन्तु संरक्षण र बातावरण संरक्षणको काममा नेचर गाईडलाई संलङ्न गराई रोजगारीको सृजना गर्नु पर्ने, पेसालाई म¥यादित र प्राबिधिक वनाउनका लागि कार्यबिधि आबश्यक रहेकाले निर्माण गरिनु पर्ने रहेका छन् ।

    पर्यटन व्यवसायमा अग्रपंङ्तिमा रहेर काम गर्ने गाईडलाई अनिर्वाय रुपमा खोपको व्यवस्था गर्न एसोशियसनले पटक पटक स्थानिय प्रशासन मार्फत माग गरेको भए पनि सरोकारवालाले सुनुवाई नगरेको एसोशियसनका अध्यक्ष राजेन्द्र धामिले बताउनुभयो । कोरोनाका कारण नेचर गाईडहरु पेसाबाट पलायन हुन थालेको पत्रकार सम्मेलनमा जानकारी दिईयो । पहिलो चरणको कोरोना सङ्क्रमण संगै २५ जना गाईडहरु बिदेश पलाएन भएको भन्दै त्यस पछि पनि एक सय जनाले मात्र रोजगार पाएको सो अवसरमा जानकारी दिईएको थियो ।

    चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा पर्यटक घुमाउनका लागि ७ सय जना नेचर गाईडहरु रहेका छन् । ती मध्ये ५ सय जनाले पेसा अंगालेका छन् । एसोशियसनको तथ्याङ्क अनुसार सौराहा क्षेत्रमा मात्रै चार सय जना गाईडहरु रहेका छन् । एक सय जना मेघौली, घटगाई, अमलटाडी र माडी क्षेत्रमा रहेका छन् । ती गाईडहरु अहिले दैनिक ज्यालादारी र घरायसी काममा रहेको पुराना गाईड उदयचन्द्र अर्यालले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा बोल्दै उहाँले गाईडको ज्याला निर्धारण, गुणस्तर र नियमित काम गर्ने प्राबधानको व्यवस्था गर्न समेत माग गरिएको छ ।

    पर्यटन व्यवसाय सञ्चालन हुँदा अग्रभागमा रहेर का गर्दै आएका गाईडहरुले मासिक रु ३० हजार देखि माथि ७० हजार सम्म कमाउने गरेको भए पनि कोरोना कहरका कारण व्यवसाय छोड्ने अबस्थामा आएको एसोशियसनका सल्लाहाकार टिकाराम गिरिले वताउनुभयो । उहाँका अनुसार व्यवसाय सञ्चालन नहुँदा व्यवसाय बार्षिक नबिकरण शुल्क रु २ हजार तिर्न समेत समस्या हुने गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.