सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

युरोकप र कोपा अमेरिकाका खेलमा सट्टेबाजी खेलाउने पक्राउ


  •    न्युजभित्तो/२४ असार २०७८, बिहीबार ०६:४१ 
  • पोखरा, २४ असार । युरोप र दक्षिण अमेरिकामा भइरहेको युरोकप २०२० र कोपा अमेरिकाको फुटबल खेलमा सट्टेबाजी खेलाउने एकलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ ।

    गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले अनलाइन (भाइबर, ह्वाट्सएप) मार्फत सट्टेबाजी गराइरहेको अवस्थामा पोखरा महानगरपालिका–६ लेकसाइडस्थित एक होटलबाट पोखरा–२७ तालचोकका १८ वर्षीय सुलभ सुवेदीलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता प्रनाउ सुवास हमालले बुधबार जानकारी दिनुभयो ।

    निजलाई सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत सट्टेबाजी गर्न नहुने कसुरमा सातदिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको र घटनामा संलग्न अन्य व्यक्तिको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.