सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा एकैदिन १६५ संक्रमित थपिए, चार जनाको मृत्यु


  •    न्युजभित्तो/२१ असार २०७८, सोमबार १६:१२ 
  • चितवन,२१ असार ।  स्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको तथ्यांक अनुसार आइतबार ७३ जनालाई देखिएको संक्रमण आज दोब्बर भएर १६५ पुगेको हो ।

    चितवनमा कोरोना संक्रमण केही दिनको तुलनामा दोब्बरले वृद्धि भएको छ ।  शनिबार ६६ जना र शुक्रबार ७६ जनामा संक्रमण पुष्टि भएको थियो । गत बिहीबार र बुधबारको संक्रमण दर १०० को हाराहारीमा थियो । बिगत केही दिनअघिको तुलना गर्दा आज चितवनमा दोब्बरले कोरोना संक्रमण बढेको पुष्टि हुन्छ ।

    चितवनका सात स्थानीय तह मध्ये भरतपुर महानगरपालिकामा १०१ जना, खैरहनीमा १५ जना, माडी नगरपालिकामा ८ जना, रत्ननगर नगरपालिकामा २४ जना, राप्ती नगरपालिकामा १५ जना र कालिकामा २ जना संक्रमित थपिएका छन् । यो सँगै चितवनमा संक्रिय संक्रमितको संख्या ११ हजार ३१ पुगेको छ । जसमा घरमा आइसोलेसनमा एक हजार १३१ जना, अस्पतालको आइसोलेसनमा ९२ जना र सार्वजनिक आइसोलेसनमा ३२ जना रहेका छन् ।

    विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालहरुमा चार जनाको कोरोना संक्रमणको कारणले निधन भएको छ । जसमध्ये भरतपुर अस्पतालमा २ जना, चितवन मेडिकल कलेजमा १ जना र पुरानो मेडिकल कलेजमा १ जना रहेका छन् ।

    स्वास्थ्य कार्यालयका अनुसार मृतकमध्ये चार जना नै चितवन बाहिरका हुन् । त्यस्तै आजसम्म चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८७ जना पुगेको छ । विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट २४ जना डिस्चार्ज भएका छन् । त्यसैगरी चितवनका विभिन्न अस्पतालमा कोरोनाका १९७ जना बिरामीले उपचार गराइरहेका छन् । जसमा आईसीयूमा ६८ जना, भेन्टिलेटरमा १७ जना, एचडीयूमा ३८ जना र जेनरल बेडमा ९१ जना रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.