सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा कोरोना विरुद्धको खोपको दोस्रो मात्रा असार २२ र २३ गते


  •    न्युजभित्तो/२१ असार २०७८, सोमबार १४:०० 
  • चितवन, २१ असार । चितवनमा कोरोना विरुद्धको खोप भेरोसिल पहिरो मात्रा लगाएकाहरुलाई असार २२ र २३ गते दोस्रो मात्रा दिईने भएको छ । गत जेठ २५ देखि २७ गतेसम्म पहिलो मात्रा भेरोसिल खोप लगाएकाहरुलाई मात्रै दोस्रो खोप लगाउन लागिएको हो ।

    स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपकप्रसाद तिवारीका अनुसार पहिलो मात्रा खोप लगाएकै केन्द्रमा गएर दोस्रो मात्रा लगाउन सकिने छ । कार्यालयले यस अघि खोप केन्द्र तोकिएकै ठाउँमा पुनः केन्द्र तोकेको छ । उहाँले भन्नुभयो “पहिलो मात्रा जुन केन्द्रमा खोप लगाउनु भएको छ, त्यही केन्द्रमा गएर खोप लगाउन अनुरोध गरिएको छ ।”

    पहिलो खोप लगाएको कार्ड लिएर सोही केन्द्रमा गएर खोप लगाउन सकिने बताउँदै उहाँले पहिलो मात्रा नलगाएका र अन्य व्यक्तिहरुलाई भने यो खोप लगाउन नमिल्ने जानकारी दिनुभयो । पहिलो मात्रा लगाएकाहरुको संख्याको आधारमा खोप आईसकेको र केन्द्रहरुमा पठाउने काम पनि भईरहेको तिवारीले बताउनुभयो ।

    गत जेठ २५, २६ र २७ गते कार्यालयले ६२ देखि ६४ वर्ष उमेर समूहकालाई खोप उपलब्ध गराएको थियो । उनीहरुलाई दोस्रो मात्रा खोप लगाउन लागिएको हो । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाउन पाउने व्यवस्था गरिएको छ । कोरोना कहरका कारण भिडभाड नगरी स्वास्थ्य मापदण्डको पालना गर्दै खोप दिन लागिएको जनाउँदै प्रमुख तिवारीले भन्नुभयो “स्वास्थ्य मापदण्डको पालना गर्दै खोप दिइने छ ।” खोप लगाउन आउनेहरुलाई पनि माक्स लगाई स्वास्थ्य मापदण्ड पालना गर्न उहाँले आग्रह गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    • अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    • जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.