सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना खोप भन्दा अघि वढ्योः विश्वस्वास्थ्य संगठन


  •    न्युजभित्तो/२० असार २०७८, आईतवार १६:०६ 
  • काठमाडौंः कोरोना भाइरसको डेल्टा भेरियन्ट हाल ९८ वटा देशमा फैलिसकेको छ। तर धनी देशले न्यून आयस्रोत भएका राष्ट्रहरुलाई खोप दिन धेरै ढिलाइ गरेका कारण कयौं मानिसहरुको ज्यान खतरामा भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ।

    डब्लुएचओका निर्देशक डा टेड्रोस गेब्रियसिसका अनुसार धनी राष्ट्रहरुले वितरण गर्ने भनिएको खोप निकै न्यून रहेकाले खोपभन्दा अघि नयाँ भेरियन्ट डेल्टा भाइरस पुगिरहेको छ।

    अक्सफोर्ड र एस्ट्राजेनेका खोप उत्पादन टिममा रहेकी प्रोफेसर डेम सारा गिल्बर्टले बालबालिकाहरुका लागि खोप उत्पादन गर्न लागिपरेको बताउनुभयो ।

    ‘हामीले धनी राष्ट्रका बालबालिकाका लागि र अन्य राष्ट्रका लागि खोप उत्पादन गर्नु छ। कोरोना संक्रमण रोक्नका लागि दुवैलाई एकनास रुपले खोप उत्पादन गर्नुपर्नेछ,’ उहाँले भन्नुभयो ।

    ‘हामीले चाहिने मात्रामा उत्पादन गर्न सकिहेका छैनौं, त्यसैले हामीलाई पनि चिन्ता लागिरहेको छ। कोरोनाको भाइरस रोक्नु पनि छ तर नयाँ भेरियन्ट आए खोपले पनि काम नगर्न सक्छ,’ उहाँको भनाई छ ।

    गेब्रियसिसले चिकित्सक तथा स्वास्थ्यकर्मी, जोखिममा रहेका समूहलाई बचाउन सबै देशमा १० प्रतिशत व्यक्तिहरुले यहि सेप्टेम्बरभित्रमा लगाइसक्नु पर्ने बताए।

    डेल्टा भाइरस एकदम खतरनाक छ। हाल यो भाइरसले नयाँ स्वरुप परिवर्तन गर्दैछ। यसलाई ध्यानपूर्वक मूल्याङकन गर्न जरुरी छ। डेल्टा भाइरस ९८ वटा देशमा देखिइसकेको छ यो गरीब राष्ट्रहरुमा झनै चाँडो फैलिरहेको छ।

    उहाँले भन्नुभयो ‘कोरोना संक्रमण कम गर्न खोप नै चाहिन्छ भने विश्वले सुरक्षाका लागि चाहिने सामान, अक्सिजन,परीक्षण तथा उपचारमा एकअर्कालाई सहयोग गर्नुपर्छ, ।’

    हालसम्म विश्वभरी ३ अर्ब मानिसहरुले खोप लगाइसकेका छन्। खोप उत्पादन गर्ने कम्पनीहरु बायोटेक, फाइजर, मोर्डनाहरुलाई आफूले जानेको कुरा सबैलाई दिएर खोप उत्पादनमा बृद्धि गर्न सहयोग गर्न रोजालिण्ड फ्यांकलिन इन्सिच्युटका डाईरेक्टर जेम्स नेस्मिथले बताउनुभयो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.