पृथ्वी राजमार्गको फिस्लिङमा सडक भासियो, एकतर्फी सवारी सञ्चालन
न्युजभित्तो/२० असार २०७८, आईतवार १२:२६
चितवन, २० असार । पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङ्मा सडक भासिएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आज बिहान करिब ११ बजेको समयमा फिस्लिङ्मा सडक ३० मिटर लम्बाई र ५ मिटर चौडाई भासिएको हो ।
सडक भासियसँगै पृथ्वी राजमार्ग एक तर्फी सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ । कार्यालयका सूचना अधिकारी ई. शिव खनालका अनुसार वर्षातका कारण नदीले कटान गरेर सडक भासिएको हो । भासिएको ठाउँमा ग्रावेल हालेर मर्मतको काम भईरहेको उहाँले जानकारी दिनुभयो । अघिल्ला वर्षहरुमा पनि सोही स्थानमा सडक भासिने गरेको उहाँको भनाई छ ।