सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाढी पहिरामा मृत्यु भएका परिवारलाई कांग्रेसले आर्थिक सहयोग गर्ने


  •    न्युजभित्तो/१८ असार २०७८, शुक्रबार १४:४५ 
  • चितवन, १८ असार । नेपाली कांग्रेस जिल्ला समितिले अविरल वर्षापछि आएको बाढी र पहिरामा परी ज्यान गुमाएका दुईजनाको परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ ।

    कांग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठले बिहीबार आएको पहिरामा परी ज्यान गुमाएका दुईजनाको परिवारलाई रु २५ हजारका दरले सहयोग गर्ने बताउनुभयो । कालिका नगरपालिका–११ सिद्धिका ज्ञानबहादुर चेपाङ र राप्ती नगरपालिका–१२ पर्खालका मोतीलाल चेपाङको परिवारलाई तत्काल राहतस्वरुप सहयोग गर्ने उहाँले जानकारी दिनुभयो ।

    मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँले घटनाप्रति दुःख व्यक्त गर्नुभयो । सिद्धिका ज्ञानबहादुरको परिवारलाई आजै र राप्तीका मोतीलालको परिवारलाई छिट्टै पुयाइने उहाँले जानकारी दिनुभयो ।

    विपद्को समयमा उद्धार र सहयोगमा जुट्नसमेत श्रेष्ठले सबैलाई अपिल गर्नुभयो । पहिरामा परी अझै तीनजना बेपत्ता रहेका छन् । बेपत्ता हुनेमा मोतीलालका ३० वर्षीय छोरा कृष्णलाल र बुहारी ३० वर्षीया निशा चेपाङ तथा मोतीलालकी छ वर्षीया नातिनी रहेका छन् । उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    • चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.