एक सय सत्तरी परिवारलाई स्थानान्तरण
चितवन,१७ असार । निरन्तरको वर्षाका कारण पूर्वी चितवनको पंफा खोलामा आएको वाढीका कारण राप्तीका १ सय ५० घरधुरी बिस्थापित भएका छन् । इलाका प्रहरी कार्यालय भण्डाराका अनुसार राप्ती नगरपालिका वडा नम्बर ७ र ८ को भवानिपुर, शुन्दरवस्ति र खुरखुरे लगाएका क्षेत्रमा बस्तिमा खोला पस्दा ती परिवार बिस्थिपित भएका हुन् । वाढीको जोखिममा रहेका उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
त्यहाँ रहेका ४ सय जनालाई सुरक्षित ठाउँमा सारिएको हो । यस्तै बुढी राप्तीमा आएको बाढीले डुवान गर्दा २० परिवार बिस्थापित भएका छन् । इलाका प्रहरी कार्यालय टाँडीका अनुसार रत्ननगर नगरपालिका वडा नम्बर ८ रमाइलोडाँडामा बाढी पस्दा २० परिवारका एक सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो । चट्याङ् लागेर घाईते चितवनः चट्याङ् लागेर एक महिला घाइते हुनुभएको छ । राप्ती नगरपालिका वडा नम्बर ९ लालपुरकी ४५ वर्षिया बिजुली श्रेष्ठलाई आफ्ै घर नजिक धान रोप्ने क्रममा चट्याङ् लागेको हो । इलाका प्रहरी कार्यालय भण्डाराका अनुसार विहान ८ः३५ वजे श्रेष्ठलाई चट्याङ् लागेको हो । गम्भिर घाईते श्रेष्ठलाई उपचारका लागि भरतपुर ल्याईएको छ ।
तपाईको प्रतिक्रिया











