सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रेस स्वतन्त्रता नियन्त्रित गर्ने कार्य अस्वीकार्य : पत्रकार महासंघ चितवन


  •    न्युजभित्तो/१५ असार २०७८, मंगलवार २०:०२ 
  • चितवन, १५ असार । नेपाल पत्रकार महासंघ चितवन शाखाले प्रेस स्वतन्त्रता नियन्त्रित गर्ने कार्य स्वीकार गर्न नसकिने जनाएको छ । महासंघका अध्यक्ष नारायण अधिकारीले आज एक विज्ञप्ति प्रकाशित गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने र नियन्त्रित गर्ने कार्य महासंघलाई स्वीकार्य नभएको जनाउनु भएको हो ।

    असार १० गते वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा भएको भरतपुर महानगरपालिकाको नगरपरिषद्मा पत्रकारलाई प्रवेश नदिएको घटनाका सम्बन्धमा महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जारी विज्ञप्तिमा भनिएको छ “समाचार संकलनार्थ पुगेका पत्रकारहरुलाई सहज रुपमा समाचार संकलन गर्न दिनुपर्छ भन्ने महासंघको मान्यता छ ।”

    महासंघले पत्रकारहरुको हक, हित र प्रेस स्वतन्त्रताको पक्षमा प्रतिबद्ध रहेको उल्लेख गर्दै सूचनामा सहज पहुँचका लागि उपयुक्त वातावरण सिर्जना गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ । विज्ञप्तिमा भनिएको छ “महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं पत्रकारिताको मर्म र भावनाविरुद्ध हुने जुनसुकै कार्यको विरोध गर्दछ ।”

    भरतपुर महानगरको नगर परिषद्मा चितवन पोष्ट दैनिकका संवाददाता कुल काफ्लेलाई प्रवेशमा रोक लगाईएको थियो । समाचार संकलन गर्न पुगेका काफ्लेलाई हलमा प्रवेश गर्न नदिई फिर्ता पठाईएको थियो ।

    उक्त घटनाको यस अघि नै प्रेस चौतारी चितवन लगायतका पत्रकार सम्बद्ध संघ संगठनहरुले पनि विज्ञप्ति निकालेर विरोध गरेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.