सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हेटौँडा अस्पतालमा डायलासिस सेवा


  •    न्युजभित्तो/१५ असार २०७८, मंगलवार ११:४५ 
  • हेटौंडा, १५ असार । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा ल्याइएको छ । हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा डायलासिस मेसिन र पूर्वाधारसमेत तयार पारेपछि अस्पतालमा डायलासिस सेवा सेवा सञ्चालन भएको हो ।

    अहिले पाँचवटा मेसिनमार्फत मिर्गौलाका बिरामीको डायलासिस शुरु गरिएको छ । यस सेवाका लागि उपमहानगरपालिकाको समन्वय र सहयोगमा डायलासिस मेसिन ल्याएर सेवा सञ्चालनमा गरिएको हो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा अडायलासिस सेवा सञ्चालनपछि सेवा लिनका लागि यसअगावै चितवन, काठमाडाँै, वीरगञ्जलगायतका जिल्लामा जानुपर्ने बिरामीको बाध्यता अब अन्त्य हुने विश्वास लिइएको छ ।

    अस्पतालले डायलासिस सेवा पनि दिन थालेकाले स्वास्थ्य क्षेत्रमा काँचुली फेरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा विष्णुराज जोशीले बताउनुभयो । अस्पतालमा क्रमशः सेवा विस्तार गर्ने क्रममा डायलासिस सेवा शुरु गरिएको हो । नगरवासीलाई स्वास्थ्य उपचारमा सघाउ पु¥याउने उद्देश्यले उपमहानगरपालिकाको प्रयासमा हेटौँडा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा ल्याइएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो ।

    यसैबीच वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा सोमबार हेटौँडा–४ हुप्राचौरमा वृक्षरोपण गरिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सरेश नेपालले शहरमा वृक्षरोपण गर्नु अत्यन्त महत्वपूर्ण काम रहेको बताउनुभयो ।

    २१ गतेसम्मका निषेधाज्ञा थप

    मकवानपुर जिल्लामा जारी निषेधाज्ञालाई केही खुकुलो पार्दै पुनः यही असार २१ गते राति १२ बजे सम्मका लागि लम्ब्याइएको छ । जिल्लामा कोरोनाको जोखिम कायमै रहेकाले जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसमा र जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।

    प्रशासनअनुसार निजी सवारी जोरबिजोर प्रणालीमा सञ्चालन गर्न पाइने छ भने सार्वजनिक यातायात बन्द रहने छ । थप गरिएको निषेधाज्ञामा प्रेस, फोटो स्टुडियो, फोटोकपी सेन्टर बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन गर्न पाइने छ । कस्मेटिक पसल र सुनचाँदी पसल पनि जुत्ता चप्पल, फर्निचर पसलसरह मध्याह्न १२ बजेदेखि ४ बजेसम्म खोल्न पाइने भएको छ । अन्य व्यवसाय भने अघिल्लो पटकको निर्णयबमोजिम नै कायम गरिएको छ । पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रमणको दर घट्दै गएको भए पनि जोखिम यथावत नै रहेकाले असार १४ गतेसम्म जारी गरिएको निषेधाज्ञा थप सात दिन थप्ने निर्णय भएको जिप्रका मकवानपुरले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.