सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संघीय सरकारले प्रदेशको विकास नहोस् भन्ने चाहेको छ : मुख्यमन्त्री राउत


  •    न्युजभित्तो/१४ असार २०७८, सोमबार १३:११ 
  • जनकपुरधाम,१४ असार । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले प्रदेशको विकास नहोस् भन्ने चाहेको आरोप लगाएका छन् । केन्द्रमा बस्ने हामी ‘महाराजा’ हौं र अरु केही पनि होइन भन्ने सोच संघीय सरकारको रहेको उनको आरोप छ ।

    प्रदेशको दिगो विकासका लागि उर्जा विषयक जुम अन्तरक्रियालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले देशमै पहिलो पटक दुई वर्षअघि दुई सय मेगावाट उर्जा उत्पादन गर्ने सहमति आफूले गरे पनि संघीय सरकारकै कारण काम हुन नसकेको बताए ।

    ‘दुई वर्षअघि काठमाडौंमा भएको लगानीकर्ताहरुको बैठकमा प्रदेशमा दुई सय मेगावाट उर्जा उत्पादन गर्ने किसिमले क्यानेडियन कम्पनीसँग सम्झौता गर्‍यौं,’ उनले भने, ‘तर संघीय सरकारले यो काम हुन दिएन ।’

    उर्जा उत्पादनका लागि जग्गाको खोजी गर्दा समेत संघीय सरकारले जग्गा संघीय सरकारअन्तर्गतको भएको देखाएर काम हुन नदिएको उनले बताए । ‘कुनै पनि प्रदेशको जग्गा प्रदेश सरकारअन्तर्गत हुन्छ । तर, संघीय सरकारले जग्गाकै समस्या देखायो,’ मुख्यमन्त्री राउतले अगाडि भने, ‘ऐन, नियमबाट पनि सहयोग पाइएन ।’

    प्रदेशमा थोरै लगानी गरेर धेरै उद्योग सञ्चालन गर्न सकिने अवस्था भए पनि संघीय सरकारले प्रदेशको विकास नहोस् भन्ने चाहना राखेकै कारण कुनै काम हुन नसकेको उनले जिकिर गरे ।

    संघीय सरकारको विभेदकारी नीतिसँगै कर्मचारीतन्त्र पनि बिना पैसाको काम गर्न नचाहेको उनले बताए । ‘कर्मचारीलाई टेबुलमा नदिए फाइल नै अगाडि बढ्दैन,’ उनले भने ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.