सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर १९ शारदानगरमा महानगरले स्थापना गर्यो १५ शय्याको आफ्नै अस्पताल


  •    न्युजभित्तो/१३ असार २०७८, आईतवार १६:२८ 
  • चितवन,१३ असार । देशको केन्द्र भागमा रहेको भरतपुर महानगरले अन्य महानगर भन्दा आफुलाई सुसंस्कृत र सुसभ्य महानगरका रुपमा विकास गर्दै लगेको छ । भौतिक पुर्वाधार निर्माण देखी जनताका सबै खाले समस्याको समाधानमा यहाँका जनप्रतिनिधि अहोरात्र खटिएका छन् ।

    जनताको प्रमुख आवश्यकताका बस्तुहरु, गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, लगायतका चिजको सहज उपलब्धता बनाउदै लगेको छ । कोरोनाको महामारीमा नागरिकलाई निशुल्क कोरोना उपचार देखी गाउँगाउँमा अस्पताल स्थापनामा महानगरका जनप्रतिनिधि सक्रिय रहेका छन् । केहि दिन अगाडी मात्रै शिवनगरमा १५ शय्याको आफनै अस्पताल स्थापना गरेको महानगरले पुन भरतपुर महानगर १९ शारदानगरमा १५ शय्याको कोभिड अस्पताल स्थापना गरी आईतबारबाट सेवा शुभारम्भ गरेको छ । भरतपुर महानगरपालिकाले शारदानगरमा रहेको स्वास्थ्यकेन्द्र लाई स्तर उन्नती गरी आफ्नै १५ शय्याको कोभिड अस्पताल स्थापना गरेको हो । अस्पतालमा आयोजित एक कार्यक्रमका बिच महानगर प्रमुख रेनु दाहालले अस्पतालको उद्धघाटन गरीन् ।

    आफनै अस्पताल बनाउन पाउदा खुसि छौ : मेयर दाहाल

    पश्चिम चितवनको केन्द्र समेत पर्ने भरतपुर महानगर १९ को शारदानगरमा महानगरले आफनै अस्पताल स्थापना गर्न पाउदा निकै खुसि लागेको महानगरका प्रमुख दाहालको भनाई थियो । अहिले ४ जना डाक्टर र अन्य स्टाफ नर्स र अरु कर्मचारीहरुबाट यहाँ सेवा दिन थालिएको छ ।

    अहिले कोरोना अस्पतालका रुपमा स्थापना गरेपनि यो अस्पताल महानगरले स्थाई अस्पतालका रुपमा विकास गर्ने र यसले पश्चिम चितवनका स्थानियलाई धेरै लाभ हुने दाहालको भनाई छ ।

    स्वास्थ्य केन्द्रको परिसरमा रहेको ५४ सालमा निर्माण भएको पुरानो भवनमा अहिले अस्पताल सञ्चालन गरिएको छ । आगामी दिनमा भौतिक संरचना निर्माणका लागि केन्द्र सरकारसंग पनि आफुहरुले पहल गर्ने र यो अस्पताललाई सबै हिसावले सुबिधा सम्पन्न बनाएर लैजाने प्रमुख दाहालले बताईन् । शिबनगरमा पनि १५ बेडको अस्पताल स्थापना भएको र अहिले कोरोना संक्रमित १४ जनाले त्यहाँ सेवा लिईरहेको दाहालको भनाई थियो ।

    कोभिड कहिले सम्म रहन्छ कुनै ठेगान नभएकाले कोभिड रहदा सम्म कोभिड अस्पताल हुने र त्यसपछि अरु सबै खाले सेवा दिने अस्पतालका रुपमा दुबै अस्पताललाई विकास गरिने दाहालको भनाई छ ।

    संघीय सरकारको १ पालिका १ अस्पताल कार्यक्रम अन्तर्गत शारदानगरमा २५ शय्याको अस्पताल निमार्ण गर्न महानगरले चाहेपनि संघिय सरकारले त्यहा बजेट नदिदा नयाँ अस्पताल स्थापना गर्न नसकिएको उनको भनाई छ । अहिलेपनि आँफुहरुले यसैलाई २५ शय्याको अस्पताल बनाउनु पर्छ भनेर संघिय सरकारमा खवरदारी गरिराखेको उनको भनाई थियो । महानगरमा जतिपनि स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रहरु छन् तिनिहरुको विकासमा महानगर लागि रहेको पनि दाहालले बताउनु भयो ।

    ५० बेडसम्म पुर्याउछौ : उपमेयर

    भरतपुर महानगर उपप्रमुख पार्वति शाह ठकुरीले भरतपुर महानगरको आफ्नै अस्पतालका रुपमा विकास गर्न पाउदा खुसि लागेको बताइन् ।

    १५ बेडबाट यसलाई आगामी दिनमा ५० बेड सम्म पुर्याउने उनको भनाई छ । महानगरले पहिलो प्राथमिक्ताका साथ यसलाई हेर्ने र बजेट विनियोजन गर्ने उनको भनाई छ । नागरीक स्वास्थ्य रहेमात्रै अरु धेरै करा गर्न सकिने भएकाले नगरबासिलाई स्वस्थ्य राख्ने आफुहरुको प्रमुख दायित्व रहेको शाहको भनाई थियो ।

    पश्चिम चितवनको विकास मेयरको मुख्य एजेण्डा : अरुण पीडित

    महानगर प्रवक्ता अरुण पीडित भण्डारीले महानगर प्रमुख रेनु दाहाल पश्चिम चितवन क्षेत्रको विकासमा निकै सक्रिय भएर लाग्नु भएको र पश्चिम चितवनमा शिक्षा स्वास्थ्य पुर्वाधार सबै क्षेत्रमा तिव्र विकास भएको बताए ।

    मेयर दाहालले पश्चिम चितवन क्षेत्रमा देखिएका सामान्य भन्दा सामान्य समस्या समेत समाधानमा सक्रिय हुनुभएको र उहाँकै कारण पश्चिम चितवनले विकासमा फड्को मारेको दाबी गरे ।

    भएकै पुर्वाधार र जनशंक्तिमा राम्रो सेवा दिउ : खतिवडा

    त्यस्तै महानगरका प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडाले अहिले लाई कोभिड अस्पतालका रुपमा स्थापना भएपनि पछि कोभिड नहुँदापनि यसलाई दिगो अस्पतालका रुपमा महानगरले विकास गरेर लाने बताए । नागरिकलाई भएकै पुर्वाधार र जनशक्तिबाट भरपुर रुपमा सेवा दिन उनले अस्पताल प्रशासनलाई निर्देशन समेत दिए । नागरिकबाट गुनासो नआउने गरी सेवा प्रदान गर्न उनको आग्रह छ ।

    बचनमा पक्का हुनुस् : वडा अध्यक्ष गुरुङ

    सो अवसरमा अस्पतालका अध्यक्ष तथा वडा अध्यक्ष कर्ण बहादुर गुरुङले अस्पतालको विकासमा मेयर तथा उपमेयरबाट आएको प्रतिबद्धताले उत्साही बनाएको बताए । अध्यक्ष गुरुङंले भने “मेयर र उपमेयर बाट जुन प्रतिवद्धता आएको छ । यसलाई चाडै नै कार्यान्वयन होस् नत्र भने मेयर र उपमेयरले सहयोग गर्ने भनेका थिए वडा अध्यक्षले काम गर्न सकेन भनेर जनताले मलाई गालि गर्छन त्यसैले बोलेको कुरा चाडै पुरा होस ” उनले सबै नागरिकले अस्पतालको विकासमा सहयोग गर्न आवश्यक रहेको बताए । आगामी दिनमा यहाँको जनशक्ति पुर्वाधार उपकरण लगायतका आवश्यक कुराहरुमा सहयोग गरिदिन महानगर प्रमुख रेनु दाहालसंग आग्रह गरे ।

    सो अवरमा दाहालले बखान सहकारी संस्थाको निर्माणाधीन भवनको निरिक्षण गर्दै निर्माणमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिईन् भने शारदानगरमा निमार्णाधिन पार्कको समेत निरिक्षण गरेकी थिईन ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.