सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाढी प्रभाव नियन्त्रणका लागि सहमति


  •    न्युजभित्तो/१३ असार २०७८, आईतवार ०८:४६ 
  • पोखराः बर्सेनि बर्सातको समयमा हुने बाढीसँगै नहरमा अव्यवस्थितरूपमा आउने पानीले पोखरा महानगरपालिका–३२ का विभिन्न स्थानका घरहरू डुबानमा पर्न थालेपछि सरोकारवालाबीच छलफल गरी बाढी प्रभाव नियन्त्रणका लागि सहमति गरिएको छ ।

    बर्सातको पानीका साथै विजयपुर सिँचाइ आयोजना र गडुवा खोलाको पानी तथा बेगनास ताल जल उपभोक्ता संस्थाको बिसिटु सिँचाइ आयोजनाबाट अनियन्त्रित भई आउने पानीका कारण पर्ने गरेको असरलाई दीर्घकालीन रुपमा समाधान गर्न पोखरा–२६, २७, २९, ३० र ३२ का वडाध्यक्षसहित सरोकारवालाबीच पानीको निकासलाई व्यवस्थित गर्ने सहमति गरिएको हो ।

    बाढी नियन्त्रण तथा व्यवस्थापन समिति पोखरा–३२ का अध्यक्ष शिवजी लामिछानेका अनुसार विजयपुरदेखि आउने बगादी खोलाको पानी पोखरा–२६ डाँडाको नाकस्थित प्रहरी चौकीको दक्षिणतर्फ हुँदै सेती नदीमा कटाउने सहमति बनेको छ । त्यस्तै पोखरा–३० स्थित बाँधाको रह क्षेत्रबाट पनि पानी कटाउने गरी वडा कार्यालयसँग छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।

    नहरमा आउने पानीलाई व्यवस्थित नगरिँदा यस क्षेत्रमा सिँचाइ जस्तो नभएर खहरे खोला जस्तो बन्दा बर्सेनि समस्या बढिरहेको स्थानीयवासीको गुनासो छ । यस वर्ष केही दिनअघि मात्रै लगातारको वर्षासँगै नहरमा पानी बढेपछि यस क्षेत्रका टाँडी, कालिका चोकलगायत स्थानका घर डुबानमा परेका थिए । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.