भरतपुर महानगरपालिकाले आर्थिक अवस्था कमजोर र रोजगार नभएका विपन्न परिवारलाई बाख्रा वितरण
न्युजभित्तो/१२ असार २०७८, शनिबार १५:५१
भरतपुर, : भरतपुर महानगरपालिकाले हालै सञ्चालनमा ल्याएको निर्वामुखी पशुपालन कार्यक्रम अन्तर्गत कमजोर आर्थिक अवस्था भएका र रोजगार नभएका विपन्न परिवारलाई शनिबार एक कार्यक्रमका विच बाख्रा वितरण गरिएको छ ।
भरपुर महानगरपालिकाको आर्थिक सहयोगमा विपन्न परिवारको जिवनस्तर सुधारका लागि बोयर जातको ब्याड बोका सहित भरतपुर महानगरपालिका वडा नं. ६ देवनगरका २० परिवारलाई बाख्रा वितरण गरिएको हो । महानगरले करिब ७ लाख रुपैंयाको बाख्रा खरिद गरी देव देव विकास बाख्रा कृषक समुहका प्रति परिवारलाई दुइ वटाका दरले ४० वटा बाख्रा वितरण गरिएको हो ।
कार्यक्रमकी प्रमुख अतिथि भरतपुर महानगरपालिकाकी उप प्रमुख पार्वती शाह ठकुरीले विपन्न परिवारलाई स्वरोजगार बनाउंदै व्यवसायीक प्रवद्र्धनमा टेवा पुग्ने उद्देश्यले बाख्रा वितरण गरिएको बताउनु भयो ।
बाइट : पार्वती शाह ठकुरी, उप प्रमुख भरतपुर महानगरपालिका
कार्यक्रममा भरतपुर महानगरपालिका पशु सेवा विभागका प्रमुख मेघराज ढकालले सिमान्तकृत समुदायमा लक्षित निर्वाहमुखी पशुपालन कार्यक्रमले किसानहरुलाई व्यवसायीक बाख्रापालन तर्फ प्रेरित गर्न कार्यक्रम सफल हुने बताउनुभयो ।
सरकारले वितरण गरेको बाख्रालाई आफ्नै सम्पती ठानी पालनपोषण गर्न आग्रह गर्दै ढकालले वितरण गरिएका बाख्रामा स्वास्थ्य समस्या देखिएमा महानगरले स्थापना गरेका पशु स्वास्थ्य सेवा केन्द्रबाट उपचार गरिने बताउनु भयो । विभाग प्रमुख ढकालले निर्वाहमुखी कार्यक्रम अन्तर्गत बंगुरपालन र कुखुरा पालन कार्यक्रम छिट्टै सञ्चालन हुने बताउनु भयो ।
बाइट : मेघराज ढकाल पशु सेवा शाखा प्रमुख भरतपुर महानगरपालिका
वडा नं. ६ का वडा अध्यक्ष हरि विलास कोइरालाको समन्वयमा बाख्रा वितरण गरिएको कार्यक्रममा पशु सेवा केन्द्र चितवनका प्रमुख युवराज पौडेल, दक्षिणकाली सामुदायिक वनका अध्यक्ष हिरामणी गुरुङ, सामाजिक व्यक्तित्व सुर्य प्रसाद अधिकारी, देवज्योति निम्नमाध्यमिक विद्यालय देवनगरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवहरी तिवारी लगायतले स्थानीय विपन्न परिवारको जिवनस्तर उकास्न महानगरले गरेको लगानी को खुलेर प्रशंसा गर्नुभएको थियो । कार्यक्रम देव विकास बाख्रा कृषक समुहका अध्यक्ष डिल बहादुर विक को अध्यक्षतामा सम्पन्न भएको थियो ।