सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कर्णाली प्रदेशसभा बैठक एमालेद्वारा अवरुद्ध


  •    न्युजभित्तो/११ असार २०७८, शुक्रबार १६:४५ 
  • सुर्खेत : कर्णाली प्रदेशसभाको जारी आठौँ अधिवेशन अन्तर्गतको १२ औँ बैठक कार्यसूचीमै प्रवेश गर्न नपाई अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध गरेको हो । सदन नै चल्न नसकेर तेस्रो पटकसम्म स्थगित गरिएको बैठक आज बसेको थियो । तर, प्रतिपक्ष दलले प्रवेश नै गर्न नदिएर रोष्टममा उभिएपछि असार १३ गते दिउँसो २ बजेका लागि बैठक स्थगित गरिएको छ ।

    एमालेले पार्टीभित्रको विवाद समाधान नहुञ्जेलसम्म सदन चल्न नदिने बताएको छ । एमालेका प्रमुख सचेतक गुलाबजङ्ग शाहले सदनमा एमाले दुईवटा नभएकाले एमाले सरकारमा नरहेको बताए । तर, खनाल–नेपाल समुहका सरकारमा रहेका ३ जना मन्त्रीहरुले एमाले सरकारमा रहेको दावी सहितका समाचार सामाग्री आएको र यो विषयले निकास पाउनुपर्ने बताए । एमालेले संसदमा उठाएका राजनीतिक मुद्दाहरुतर्फ सरकारले ध्यान किन दिएन भन्दै उनले प्रश्न समेत गरे ।

    नेकपा एमाले सरकारमा नरहेकाले केही व्यक्तिले एमालेका नाममा वदनाम गराउने काम भएको उनले बताए । साथै एमालेको आन्तरिक विवादले संसद अवरुद्ध भन्ने विषयबारे समेत उनले प्रश्न उठाए । यसअघि गत शुक्रबार र आइतबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो भने मंगलबारका लागि आह्वान गरिएको बैठक पनि सुरु नै नभएर स्थगित भएको हो । असार १ गते प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्रीले बजेट प्रस्तुत गरेयता कर्णाली प्रदेशसभाको बैठक सहज रुपमा चल्न सकिरहेको छैन् । शुक्रबार पनि कार्यसूचीमा नै प्रवेश नगरी बैठक स्थगित भएको छ । प्रदेश सरकारले ल्याएको बजेट राजनीतिक विवादका कारण छलफल हुन सकिरहेको छैन ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    • अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    • जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.