सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आइतबारदेखि सरकारी कार्यालय खुल्दै


  •    न्युजभित्तो/११ असार २०७८, शुक्रबार १३:१२ 
  • वाग्मती : मकवानपुर जिल्लामा आगामी आइतबारदेखि सबै सरकारी कार्यालयको सेवा प्रवाह नियमित हुने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरको निर्णय अनुसार स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर सेवा नियमित गर्न लागिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।

    एक हजार बढी सङ्ख्यामा कोभिड–१९ का सक्रिय सङ्क्रमित रहिरहेकाले उच्च सतर्कता अपनाएर सेवा प्रवाह गर्ने गरी कार्यालय प्रमुखहरुलाई परिपत्र दिइएको प्रजिअ पाण्डेको भनाइ छ । जिल्ला प्रशासन कार्यालयलेसमेत बार अनुसार सेवा प्रवाह गर्न शुरु गरेको सन्दर्भमा सबै कार्यालयलाई सोहीअनुसार सतर्कता अपनाउने गरी कार्ययोजना बनाउन भनिएको उहाँले बताउनुभयो । प्रदेशस्तरीय कार्यालयहरुलाई भने सेवाग्राहीलाई टेलिफोनमार्फत जानकारी लिएर मात्रै आउने व्यवस्था गर्न भनिएको छ । जिल्लाको मालपोत र नापी कार्यालयलाई विशेष सतर्कताका साथ सेवा प्रवाह गर्न भनिएको छ ।

    सबै पालिकाको बजेट सार्वजनिक

    मकवानपुरको दश वटै पालीकाहरुले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । जसमध्ये मकवानपुर जिल्लामा सबैभन्दा बढी बजेट हेटौँडा उपमहानगरपालीकाले रु दुई अर्ब ६० करोड १५ लाख ५२ हजार रुपैयाँ र कम इन्द्रसरोबर गाउँपालिकाले रु ३८ करोड ४१ लाख बरावरको बजेट सार्वजनिक गरेको हो ।

    यसैगरी थाहा नगरपालिकाले आगामी वर्षको लागि रु ९५ करोड ६४ लाख ३२ हजार रूपैयाँको बजेट सार्वजनिक गरेको छ । मकवानपुरको मनहरि गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि रु ८३ करोड ६७ लाख ४६ हजार बराबरको बजेट सार्वजनिक गरेको हो । भीमफेदी गाउँपालिकालेरु ६५ करोड ४१ लख९९ हजारको बजेट ल्याएको छ ।

    वाग्मती गाउँपालिकाले रु ५३ करोड ६६ लाख ९३ हजार बजेट सार्वजनिक गरेको छ । यसै बीच कैलाश गाउँपालिकाले रु ४५ करोड ९६ लाख, मकवानपुरगढी गाउँपालिकाले रु ६२ करोड राक्सिराङ गाउँपालिकाले रु ५४ करोड ७३ लाख २० हजारको बजेट ल्याएको छ । जिल्लाको पूर्वी क्षेत्रको बकैयाँ गाउँपालिकाले आगामी आर्थिक वर्षको लािग ६२ करोड ८३ लाख७८ हजारको बजेट ल्याएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    • अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    • जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.