चितवन, मकवानपुर, नवलपुरका स्थानीय तहलाई अक्सिजन कन्सन्ट्रेटर प्रदान
न्युजभित्तो/११ असार २०७८, शुक्रबार ११:४०
चितवन : एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस चितवनले कोरोना संक्रमित बिरामीको उपचारमा आवश्यक पर्ने अक्सिजन कन्सन्ट्रेटर मेसिन चितवन, नवलपुर र मकवानपुरका विभिन्न स्थानीय तहमार्फत स्वास्थ्य संस्थालाई सहयोग गरेको छ ।
एक्सपर्ट फाउण्डेशनमार्फत चितवन शाखालाई प्राप्त ७ वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन चितवन जिल्लाका दुई अस्पताल, मकवानपुरका २ स्वास्थ्य चौकी र नवलपरासी पूर्वका एक अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो ।
एक्सपर्टले चितवनको माडी नगरपालिकाको बघौडा अस्पताल, इच्छाकामना गाउँपालिकाको दारेचोक स्वास्थ्य चौकी, मकवानपुर कैलाश गाउँपालिकाको नामटार स्वास्थ्य चौकी र मकवानपुरगढी गाउँपालिकाको स्वास्थ्य चौकी र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिकाको देउराली प्राथमिक अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । ती सबै स्वास्थ्य संस्थाहरुलाई एक÷एक थान १० लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको हो ।
प्रवन्ध निर्देशक अधिकारीले बाँकी दुई वटा मेसिन विकट ठाउँमा दुई स्वास्थ्य संस्थालाई चाँडै नै प्रदान गरिने बताए । ‘अक्सिजनको अभावमा ज्यान गुमाउन नपरोस् भनेर ग्रामिण स्वास्थ्य संस्थालाई सहयोग गरेका हौं’ अधिकारीले भने ‘महामारीको बेलामा मात्र होइन, अन्य बेलाका बिरामीहरुले पनि सहज उपचार पाउनेमा आशावादी छौँ ।’
सामग्री ग्रहण गर्दै माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले श्वासप्रश्वास समस्या भएका बिरामीलाई अतिआवश्यक पर्ने अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेकोमा एक्सपर्टलाई धन्यवाद दिए । सामाजिक उत्तरदायित्व तथा सामाजिक सेवा अन्तर्गत एक्सपर्टले विभिन्न स्वास्थ्य संस्थालाई अक्सिजन सिलिण्डर भरेरसमेत सहयोग गरेको प्रवन्ध निर्देशक अधिकारीले जानकारी दिए ।