सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले भरतपुर महानगर कमिटी संगठन विस्तार र सदस्यता नविकरण अभियानमा


  •    न्युजभित्तो/१० असार २०७८, बिहीबार २०:२६ 
  • चितवन, १० असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भरतपुर महानगरपालिका कमिटी संगठन विस्तार र सदस्यता नविकरण अभियानमा जुटेको छ । महानगर कमिटीले वडा कमिटी गठन गर्दै सदस्यता नविकरणलाई तीब्रता दिएको हो ।

    महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार हालसम्म महानगरका २५ वटा वडा कमिटी गठन भईसकेका छन् । यस्तै सदस्यता नविकरणलाई पनि अभियानको रुपमा अघि बढाईएको उहाँले जानकारी दिनुभयो । यही असार २५ गतेसम्म पार्टी सदस्यता नविकरण गरिसक्नु पर्ने छ । बहुसंख्यक एमालेका सदस्यहरुले सदस्यता नविकरण गरिसकेको जानकारी दिंदै उहाँले अलमलमा परेका केही मात्रै बाँकी रहेको बताउनुभयो ।

    कुनै अलमलमा नपरी एमालेको पार्टी सदस्यता नविकरण गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “एमालेको पार्टी सदस्यता नविकरणमा कुनै अलमल पर्नुपर्ने अवस्था छैन । विगतमा नविकरण छुटेका साथीहरुले पनि सदस्यता नविकरण गर्न सक्नुहुनेछ ।” उहाँले कसैको वहकाउमा नपरी पार्टीको मूल प्रवाहमा समाहित हुँदै पार्टी संगठन विस्तार अभियानमा जुट्न समेत आव्हान गर्नुभयो ।

    यसैबीच भरतपुर महानगरपालिका वडा नं. ८ को कमिटी आज गठन गरिएको छ । तिलक दर्लामीको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन गरिएका हो । कमिटीको उपाध्यक्षमा कृष्ण अम्गाई र सचिवमा सिर्जना पौडेल रहनु भएको छ ।

    महानगर कमिटी अध्यक्ष न्यौपानेको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा राजु पौडेल, नवराज खनाल, कुलप्रसाद सापकोटा, विष्णुमाया भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

    सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि न्यौपानेले माधव नेपाल पक्षले गरेका गतिविधि पार्टीको हितमा नरहेको बताउँदै यस्ता गतिविधिका पछाडि नलाग्न आव्हान गर्नुभयो । उहाँले भन्नुभयो “पार्टी नीति, विधि र प्रक्रियाभित्र रहेर काम गर्नुपर्छ । पार्टी हित विपरितका क्रियाकलाप सह्य हुँदैनन् ।”

    अहिलेको आवश्यकता भनेको सुदृढ एमाले रहेको बताउँदै न्यौपानेले भन्नुभयो “पार्टीभित्रका अराजक गतिविधि नियन्त्रणा गरे मात्रै पार्टी बलियो हुन्छ ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    • चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.