सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लायन्स क्लब अफ चितवन सौराहाले बनायो भवन


  •    न्युजभित्तो/९ असार २०७८, बुधबार १६:३४ 
  • चितवन : लायन्स क्लब अफ चितवन सौराहाले भवन निमार्ण गरेको छ । स्थापनाको १३ वर्षमा क्लबले भवन बनाएको हो ।

    सौराहामा जग्गा किनेर एउटा सभाहल सहित दुई कोठे भवन निमार्ण गरेको छ । उक्त भवनको लायन्स क्लब डिष्ट्रिक ३२५ बी २ का गर्भनर रामप्रसाद भट्टले बुधवार उदघाटन गरेका छन् । संस्थाका सदस्यहरुबाट सहयोग संकलन गरेर निमार्ण गरिएको क्लबका अध्यक्ष अञ्जनकुमार पाण्डेले बताउनुभयो । भवनका दुई वटा कोठा ब्यवसायीक प्रयोजनका लागी प्रयोग गर्न मिल्ने खालको छ ।

    क्लब आवद्ध सदस्यहरुबाट सहयोग संकलन गरेर भजन निमार्ण गरिएको हो । भवनको उदघाटन गर्दै डिष्ट्रिक गभर्नर भट्टले छोटो समयमा धेरै प्रगती गर्ने क्लबमा चितवन सौराहा रहेको बताए । सामाजिक सेवामा लायनवादहरुको सक्रिय सहभागी भएको बताए । उहाँले विकट क्षेत्रको मुहार फेर्न सबै उत्तिकै सक्रिय हुनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा डिष्ट्रिक सचिव प्रभाकर पण्डितले लायन्स क्लबहरुको सक्रियताले सामाजिक विकासमा ठुलो प्रभाव परेको बताउनुभयो । कोषाध्यक्ष नारायणप्रसाद शर्मा , क्लबका संस्थापक अध्यक्ष नारायण भट्टराईले बोल्नुभएको थियो । कार्यक्रममा अध्यक्ष पाण्डेले भवन निमार्णमा सहयोग गर्नेहरु र चार्टर मेम्बर लाई त्यस्तै पूर्व अध्यक्षहरुलाई सम्मान गर्नुभएको थियो ।

    क्लबमा ६७ जना सदस्य छन् । यति धेरै सदस्य भएका लायन्स क्लबहरुहरु कमै भएको लायनकर्मीहरुले बताउनुभयो । कोरोनाको जोखिमका कारण कार्यक्रम सामान्य रुपमा आयोजना गरिएको अध्यक्ष पाण्डेले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    • चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.