सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जातीय छुवाछूत अन्त्यका लागि सामाजिक अभियान शुरु


  •    न्युजभित्तो/९ असार २०७८, बुधबार १४:०९ 
  • चितवन, ९ असार । भरतपुर महानगरपालिकाले जातीय विभेद अन्त्यका लागि छुवाछूत मुक्त अभियान शुरु गरेको छ । महानगरले नीतिगत कार्यक्रम नै बनाएर सामाजिक अन्तरघुलनका निम्ति छुवाछूतमुक्त अभियान शुरु गरेको हो ।

    महानगरप्रमुख रेनु दाहालले समाजमा अझै पनि विभेद रहेको बताउँदै भन्नुभयो, “अब नीतिगत रुपमा शुरु भएको छुवाछूतमुक्त अभियानले जातीय छुवाछूत र विभेद अन्त्य गर्न विशेष योगदान गर्ने छ ।” महानगरले अन्तरजातीय विवाह गर्ने दुई दम्पतीलाई रु एक-एक लाख नगदसहित सम्मानपत्रले सम्मानित गर्दै अभियानको शुरुआत गरेको हो ।

    भरतपुर–२७ का उदय सुनार, प्रतिमा गुरुङ सुनार र भरतपुर–६ का दीपक बुढाथोकी र निशा परियार बुढाथोकीलाई सो रकम प्रदान गरिएको हो । छुवाछूतमुक्त अभियानअन्तर्गत अन्तरजातीय विवाह गर्ने दम्पतीलाई प्रोत्साहनस्वरुप सो रकम सहयोग गरिनेछ । महानगर उपप्रमुख पार्वती शाहले जातीय विभेद र छुवाछूतरहित समाज निर्माणमा महानगरको यो अभियानले मुलुकमा नै नयाँ तरङ्ग ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

    जगतपुर स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक उदय सुनार र गुञ्जनगर स्वास्थ्य चौकीमा कार्यरत अनमी प्रतिमा गुरुङ सुनारले छ वर्ष प्रेम सम्बन्धपछि विवाह गर्नुभएको थियो । प्रतिमाले छरछिमेकका कारण आफ्नो परिवारले पूर्ण रुपमा स्वीकार गर्न नसकेको अवस्थामा महानगरको यो सम्मानले समाज परिर्वतनमा ध्यान पुग्ने बताउनुभयो । उहाँले बोलेरभन्दा पनि महानगर कामै गरेर अभियान थालेकामा यसलाई निरन्तरता दिन माग गर्नुभयो ।

    तनहुँ व्यास नगरपालिका–१ की प्रतिमाले २०७७ सालमा भरतपुर २७ का उदयसँग अन्तरजातिय विवाह गर्नुभएको थियो । यस्तै अर्का दम्पती दीपक र निशाले चार वर्षको प्रेम सम्बन्धपछि विवाह गर्नुभएको हो । स्थानीय सरकारले नै यसरी सम्मान गरेपछि यो अभियानले सार्थकता पाउने उहाँहरुले बताउनुभयो । कक्षा ५ सम्म अध्ययन गरेका दीपक सवारी चालक हुनुहुन्छ भने उहाँकी श्रीमती निशा कक्षा ११ मा अध्ययनरत हुनुहुन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    • अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    • जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.