सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मुनद्वारा न्यूनतम पारिश्रमिक बढाउने बाचा पूरा गर्न नसकेकोमा क्षमायाचना


  •    /२९ असार २०७६, आईतवार २३:१२ 
  • सिओल, (रासस/योन्हाप) । दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इनले आफ्नो कार्यकाल भरीमा आफ्नो देशमा न्यूनतम पारिश्रमिक प्रतिघण्टा १० हजार वन (८.४८ अमेरिकी डलर) पु¥याउने प्रतिबद्धतालाई पूरा गर्न नसकेको भनी आइतबार सार्वजनिकरूपमा क्षमायाचना गर्नुभएको छ ।

    राष्ट्रपति मुनले नीति निर्माणसम्बन्धी आफ्ना सेना प्रमुख किम साङ–जोमार्फत सार्वजनिक गरेको सन्देशमा उक्त कुरा बताइएको हो ।

    राष्ट्रपति मुनलाई उद्धृत गर्दै साङ–जोले भन्नुभयो, “राष्ट्रपतिका हैसियतमा मलाई निकै अफसोस लागेको छ किनकी मैले दक्षिण कोरियाली जनतासँग बाचा गरेअनुसार मुलुकको न्यूनतम पारिश्रमिकको लक्ष्यलाई पूरा गर्न सम्भव भएन ।”

    साङ–जोले आइतबार चेओङ वा दायको न्यूनतम पारिश्रमिक निर्धारणप्रतिको जिम्मेवारीबारे पत्रकारहरूलाई जानकारी गराउनुभएको हो ।

    गत हप्ता श्रम तथा व्यापार प्रतिनिधि र विज्ञहरूको न्यूनतम पारिश्रमिक निर्धारण समितिमा भएको मतदानले अर्को वर्षदेखि लागू हुनेगरी २.९ प्रतिशत पारिश्रमिक वृद्धि गरेको थियो । पछिल्लो प्रावधान अनुसार अब दक्षिण कोरियाको न्यूनतम पारिश्रमिक प्रतिघण्टा आठ हजार ५९० वन कायम हुनेछ । दक्षिण कोरियाले सन् २०१९ का लागि गत वर्ष १०.९ प्रतिशत पारिश्रमिक वृद्धि गरेको थियो ।

    यसवर्ष दक्षिण कोरियाको आर्थिक वृद्धिदर यस दशकमा नै सबैभन्दा कम भएकोले न्यूनतम ज्याला दर प्रतिघण्टा १० हजार कोरियन वन पु¥याउने लक्ष्यसहितको नीति असफल भएको हो । राष्ट्रपति मुनको पाँचवर्षे कार्यकाल सन् २०२२ को मे महिनामा सकिनेछ ।

    चेओङ वा–दायका सहयोगीहरूसँग राष्ट्रपति मुनले “मुलुकको आर्थिक, रोजगारी र बजारको ग्रहणशीलताको अवस्थालाई मध्यनजर गर्दै न्यूनतम पारिश्रमिक आयोगले कठिन निर्णय लिएको” बताउनुभएको जनाइएको छ ।

    मुनले मतदानबाट निर्णय लिइनु पहिले केही संवेदनशील विषयमा आफ्नो धारणाका वाबजुद पनि लचकता अपनाउन सकिने सङ्केत गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.