सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काँग्रेस चितवनले बिबादित वडा वाहेक अन्य वडाको सदस्यता गर्यो अनुमोदन


  •    न्युजभित्तो/७ असार २०७८, सोमबार १७:२३ 
  • चितवनः नेपाली काँग्रेस चितवनले बिबादित जिल्ला बाहेकका जिल्लाको क्रियाशिल सदस्यता अनुमोदन गरेको छ । आज बसेको जिल्ला समितिको बैठकले बिबाद देखिएका केही वडा वाहेक अन्य वडाहरुको सदस्यता अनुमोदन गरेको हो ।

    काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले बिबिाद देखिएका वडाहरुमा जिल्ला स्तरीय प्रारम्भिक छानविन समितिले टुङ्गो लगाउने निर्णय छ । टुङ्गो लगाउन नसकेमा सो बिबादलाई राय सहित केन्द्रय समितिमा पठाउने निर्णय भएको काँग्रेस चितवनका सचिब उत्तम जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाले २७ हजार ८ सय ३३ जनाको नाम सिफारिस गरेको थियो । जस मध्ये १० हजार ८ सय २७ जना नयाँ र १७ हजार २६ जना नविकरण रहेको उहाँले जानकारी दिनुभयो ।

    यो संगै बैठकले काँग्रेस चितवनका सल्लाहाकार महेश्वरलाल श्रेष्ठको स्मृतिमा नामाकरण गरिएको सभाहल वनाउने निर्णय समेत अनुमोदन गरेको छ । जोशीका अनुसार कोरोना कहरका समयमा निधन भएका काँग्रेसका नेता एबं कार्यकर्ता र सर्बसाधारणहरु प्रति समवेदन समेत व्यक्त गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.