सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

योग र ध्यान अनुसरण गर्न सके महाव्याधिबाट छुट्कारा मिल्छः प्रदेश प्रमुख पौडेल


  •    न्युजभित्तो/७ असार २०७८, सोमबार १४:३९ 
  • पोखरा, ७ असार । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले योग साधनाले मन, मस्तिष्क र शरीरलाई सन्तुलन राखेर स्वस्थ जीवन प्राप्त गर्न सकिने बताउनुभएको छ ।

    सातौंँ अन्तरराष्ट्रिय योग दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले जीवनलाई सकारात्मक सोचबाट अगाडि बढाउन योग साधना र ध्यानको महत्वमा जोड दिनुभएको छ । योगले मनको भाव शुद्ध र सकारात्मक राख्न सघाउ पु¥याउने जनाउँदै सन्देशमा भनिएको छ, “योग कुनै धर्म र अध्यात्मसँग नभई शरीर र प्रकृतिसँग सम्बन्धित छ, चित्तको शुद्धता नै योगको प्रस्थानविन्दु हो र जीवनमा सदाचार प्राप्त गर्नका लागि योगको विकल्प छैन ।”

    पुर्खाबाट खोज, अनुसन्धान र अभ्यास भइआएका योग र ध्यान साधनालाई नयाँ पुस्ताले पनि अनुसरण गर्न सके ठूलाठूला रोग र महाव्याधिबाट छुट्कारा मिल्ने र स्वस्थ जीवन बाँच्न सकिने सन्देशमा जनाइएको छ । सन्देशमा विश्व कोरोना महामारीसँग जुधिरहेका वर्तमान अवस्थामा शुद्ध आहार र सकारात्मक चिन्तनको आवश्यकता आँैल्याउँदै स्वस्थ र तनावमुक्त जीवन शैली व्यतीत गर्न योग साधनाको महत्व रहेको उल्लेख छ ।

    प्रदेश प्रमुख पौडेलले आज नै परेको संगीत दिवसका अवसरमा सम्पूर्ण नेपालीमा सकारात्मक चिन्तनसहित स्वस्थ जीवन व्यतीत गर्न सक्ने ऊर्जा मिलोस् भनी कामना गर्नुभएको छ । सन् २०१५ देखि संयुक्त राष्ट्र संघले अन्तरराष्ट्रिय योग दिवस मनाउन शुरु गरेको हो । संसारभर जुन २१ लाई योग दिवसका रुपमा मनाइन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.