सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नागरिकको स्वास्थ्य सुरक्षा सरकारको प्रमुख प्राथामिकता–मुख्यमन्त्री नेपाली


  •    न्युजभित्तो/३ असार २०७८, बिहीबार ११:२४ 
  • नवलपुर,३ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेशबासीको स्वास्थ्य सुरक्षा प्रमुख प्राथामिकता रहेको बताउनुभएको छ ।

    पतंजली योग समिति गण्डकी प्रदेशद्वारा सातौं विश्व योग दिवसको अवसरमा आयोजित भर्चुवल योग शिविरको उदघाटन गर्दै मुख्यमन्त्री नेपालीले कोभिड–१९ महामारी, बाढी, पहिरो लगायत विभिन्न विपदबाट नागरिकको जिउधन सुरक्षाप्रति सरकार गम्भिर रहेको बताउनुभयो ।

    उहांले आयुर्वेद, योग र प्राकृतिक उपचार जस्ता पुर्वीय चिकित्सा पद्वतीको प्रवद्र्वन आवश्यक रहेकोले प्रदेश सरकारले यस विषयमा अध्यायन, अध्यापन गराउने नीति लिएको जानकारी दिनुभयो ।

    औधषीजन्य वहुमुल्य जडीवुटीहरुको संरक्षण, व्यवसायिक उत्पादनमा विशेष प्रोत्साहन कार्यक्रम ल्याएको छ मुख्यमन्त्री नेपाली भन्नुभयो– बैदिक अस्तापाल सञ्चालन र जडिवुटी प्रशोधन उद्योगहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम छ ।

    योग, ध्यानको माध्यमबाट स्वस्थ नागरिक, असल समाज निर्माण टेवा पुग्ने भएकाले यसको प्रवद्र्वन गर्न सरकार प्रतिवद्व रहेको उहांको भनाई छ । जेष्ठ नागरिकका लागि दिवा संरक्षण सेवा, विशेष उपचार सेवा, ध्यान योगा, सत्संग गराउन सघाउने मुख्यमन्त्री नेपालीले जानकारी दिनुभयो ।

    उहांले योग ध्यानको लोकप्रियतासंगै संयुक्त राष्ट्र संघले समेत मान्यता दिनु आफैंमा महत्वपुर्ण उपलब्ध रहेको भन्दै यस अभियानमा लाग्नुहुने सम्पूर्ण योग अभियान्ताहरुलाई धन्यवाद ज्ञापन सहित आगामी दिनमा निरन्तरता र थप विस्तार गर्न आग्रह गर्नुभयो ।

    पतंजली योग समिति नेपालका केन्द्रिय प्रभावरी लभदेव मिश्रले गण्डकी सरकारले योग, बैदिक र प्राकृतिक उपचार पद्वतिलाई प्रोत्साहन गर्ने उदाहरणीय कार्यक्रम ल्याएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

    सप्ताह व्यापी भर्चुवल योग शिविरको उदघाटन समारोहमा देश भरिका छ सय बढी योग प्रशिक्षक, अभियान्ता, जनप्रतिनीधि, निजामति कर्मचारी तथा सर्वसाधरणको सहभागीता रहेको थियो । पतंजली योग समिति नेपाल गण्डकी प्रदेश अध्यक्ष नरेन्द्रमान लालचनको अध्यक्षतामा भएको कार्यक्रम महामन्त्री गणेश आचार्यले सहजिकरण गर्नुभएको थियो । समितिले अघिल्लो लकडाउन देखि नै भर्चुवल माध्यमबाट दैनिक ध्यान, योग शिविर, प्रशिक्षक प्रशिक्षण, विज्ञहरुसंग छलफल तथा अन्तरकृया कार्यक्रम गर्दै आईरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.