सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोभिडको कहरमा शिक्षाः अवसर,चुनौती र सम्भावना विषयक अन्तक्र्रिया


  •    न्युजभित्तो/३१ जेष्ठ २०७८, सोमबार २२:५२ 
  • चितवन, ३१ जेठ । कोभिडको कहरमा शिक्षाःअवसर,चुनौती र सम्भावना विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम सोमवार साँझ सम्पन्न भएको छ । अन्तक्र्रिया कार्यक्रममा नेपाल खुल्ला विश्वविद्यालयका पूर्व उपकुलपति प्रा डा लेखनाथ शर्माले पूर्व शिक्षा मन्त्री धनीराम पौडेलले शैक्षिक विकासमा गरेको योगदानको चर्चा गर्दै कोरोनाको कहरमा वैकल्पिक सिकाइ सहजीकरण गर्नैपर्ने आवश्यकता रहेकोले सरोकारवालाहरुको संयोजनमा शैक्षिक विकासका कार्यहरु अगाडि बढाउनुपर्ने आवश्यकता औल्याउनुभयो ।

    कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले वर्तमानमा शैक्षिक विकासका समस्या र चुनौति रहेतापनि अवसरको रुपमा लिएर अगाडि बढ्नुपर्ने बताउँदै आशावादी भएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

    पुर्व शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री एवम् डी आर स्मृति ग्रन्थ प्रकाशन समितिका संयोजक गिरिराजमणि पोख्रेलको अध्यक्षतामा सम्पन्न भर्चुअल अन्तरक्रिया कार्यक्रममा माननीय गंगा बेलवासे, नेपाल राष्टि«य शिक्षक महासंघका अध्यक्ष पूर्णप्रसाद दवाडी, प्याब्सन चितवनका अध्यक्ष टिकाराम चापागाई, शैक्षिक व्यक्तित्व भविन्द्र अधिकारीलगायतले कोभिडले शिक्षामा देखिएको समस्या उल्लेख गर्दै सरकारले अन्य बजेट रोकेर भएपनि शैक्षिक विकासमा पर्याप्त बजेट छुट्याउनुपर्ने धारणा राख्नुभएको थियो । कार्यक्रमको समन्वय डि आर स्मृति ग्रन्थका सम्पादक नारायण सापकोटाले गर्नुभएको थियो ।

    यसैबीच पुर्व शिक्षा मन्त्री धनीराम (डि आर) पौडेलको दोस्रो स्मृति दिवसको अवसरमा सोमवार बिहान माडीमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.