सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोभिड संक्रमण नियन्त्रण र व्यवस्थापनमा लाग्न पार्टी पंक्तिलाई एमाले चितवनको निर्देशन


  •    न्युजभित्तो/३१ जेष्ठ २०७८, सोमबार २१:४३ 
  • चितवन,  ३१ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनले कोभिड–१९ संक्रमण नियन्त्रण तथा व्यवस्थापनमा लाग्न सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन दिएको छ । नेकपा एमाले महाधिवेशन आयोजक कमिटी चितवनको आज सोमबार भर्चुअल बैंठकले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाईका साथ पालना गर्न आम नागरिकलाई अपिल समेत गरेको छ ।

    जिल्लाभित्र हाल कोभिड १९ को उपचारको प्रभावकारिता अनुगमन गर्न सम्बन्धित निकायको ध्यानाकर्णण गराउँदै बैठकले सुरक्षित रुपमा कोभिड १९ नियन्त्रणमा सक्रिय रहन स्थानीय पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।

    बैठकले मनसुनको सुरुआतसँगै हुनसक्ने प्राकृतिक प्रकोप र विपद् न्यूनिकरणका लागि पूर्व तयारी गर्न जिल्लास्थित प्रकोप व्यवस्थापन समितिको ध्यानाकर्षण गराएको छ । मनसुनको समय सुरु भएको र यस वर्षको मनसुनमा अघिल्ला वर्षहरुमाभन्दा भारी वर्षा हुनसक्ने भन्दै मौसमविद्हरुले प्रक्षेपण गरेकोले संभावित जोखिम न्यूनिकरणको लागि पूर्वतयारीमा जुट्न ध्यानाकर्षण गराएको हो ।

    बैठकबारे जानकारी दिँदै जिल्ला अध्यक्ष पार्वती रावलले न्यूजभित्तोलाई भन्नुभयो “वर्षात्ले ल्याउन सक्ने जोखिम घटाउन हामीले जिल्ला स्थित प्रकोप व्यवस्थापन संयन्त्रलाई चुस्त रहन आग्रह गर्ने निर्णय गरेका छौं । अध्यक्ष रावलले नदी तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई पनि सचेत रहन आग्रह गर्नुभएको छ ।

    बैठकले कोभिड १९ महामारीमा जिल्ला स्थित कोभिड उपचारका क्रममा निजी अस्पतालहरुले चर्को शुल्क लिँदै आएको गुनासाहरु पनि आइरहेकोले त्यस्ता अस्पतालाहरुलाई चर्को शुल्क नलिन समेत आग्रह गर्ने निर्णय गरेको छ ।

    नेकपा एमालेका बागमती प्रदेश सहइन्चार्ज काशीनाथ अधिकारी, प्रदेश अध्यक्ष आनन्द पोखरेल, एमाले नेता कृष्णभक्त पोखरेल लगायतले पार्टी संगठन विस्तारमा राख्न कार्यकतर्नाहरुलाई निर्देशन दिनुभयो ।

    बैठकले पार्टीको सांगठनिक क्रियाकलाप गतिशिल बनाउन तथा सदस्यता नविकरण, वितरणको काम चुस्त बनाउन समेत सांठनिक जिम्मेवारीमा रहेका कार्यकर्तालाई निर्देशन दिएको अध्यक्ष रावलले जानकारी दिनुभयो ।

    उहाँका अनुसार यही असार २५ गतेसम्म आआफ्नो वडा कमिटीका अध्यक्ष, सचिव वा ईन्चार्जसँग समन्वय गरी पार्टी सदस्यता नविकरण गरी सक्ने बैठकले निर्णय गरेको छ । स्थानीय सरकारले प्रस्तुत गर्ने नीति, कार्यक्रम र बजेट जनपक्षीय, समन्वयायिक विकास गर्ने खालको ल्याउन बैठकले निर्देशन दिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    • चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.