सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बागमती प्रदेशको पेट्रालियम ढुवानी आज पनि अवरुद्ध


  •    न्युजभित्तो/३१ जेष्ठ २०७८, सोमबार १४:२८ 
  • काठमाडौं,३१ जेठ ।  कोरोनाविरुद्धको खोप नपाएको भन्दै आन्दोलित ट्यांकर चालकहरुले बागमती प्रदेशको पेट्रोलियम ढुवानी दोस्रो दिन पनि अवरुद्ध गरेका छन् ।

    उनीहरुले सोमबार पनि प्रदेशभर हुने आन्तरिक ढुवानी र बरौनी तथा अमलेखगञ्जबाट हुने ढुवानी रोकेको आयल निगमको बागमती प्रादेशिक डिपोले जनाएको छ ।

    ढुवानीकर्ताको अवरोधका कारण आज पनि प्रदेशभरको आपूर्ति प्रभावित भएको थानकोट प्रादेशिक डिपो प्रमुख अभिषेक ठाकुरले बताए । ‘आज पनि पट्रोलियम उठेन, आन्दोलन लम्बिँदै गर्दा पेट्रोलियमको अभाव हुन सक्ने चिन्ता थपिएको छ,’ डिपो प्रमुख ठाकुरले भने ।

    खोपको व्यवस्था गर्न डिपो तथा केन्द्रिय कार्यालयबाट पहल भइरहेको भन्दै आन्दोलन रोक्न आग्रह गरे पनि सफल नभएको ठाकुरले बताए । स्वास्थ्य मन्त्रालय, विभाग तथा सीसीएमसीमा खोपका लागि पत्राचार भएको पनि उनले बताए ।

    खोपको सुनिश्चिता नभएका कारण आन्दोलन जारी राखेको नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले जनाएको छ । निगमले अझैसम्म पनि खोप लगाउने व्यवस्था गर्न नसकेका कारण आन्दोलन रोक्न नसकेको संघका अध्यक्ष ईश्वर लामाले बताए ।

    ‘हामीलाई ललिपप देखाएर आन्दोलन रोक्न खोजेका छन्, तर हामी मान्नेवाला छनौं, कुन दिन कहाँ गएर खोप लगाउने हो त्यो सुनिश्चित गरिनुपर्छ’ अध्यक्ष लामाले भने ।

    अमलेखगन्ज र थानकोटमा गरेर झण्डै २२ सय चालक तथा सहचालकले खोप लगाउन बाँकी रहेको लामाको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.