सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

टी–ट्वान्टी श्रृङ्खलाको पहिलो खेलमा नेपालले मलेसियालाई सात विकेटले हरायो


  •    /२८ असार २०७६, शनिबार ११:४० 
  • काठमाडौँ । कप्तान पारस खड्काको अविजित ८६ रनको मद्दतले नेपाल मलेसियासँगको दुई टी–ट्वान्टी श्रृङ्खलाको पहिलो खेलमा विजयी भएको छ । ५० बलको सामना गरेका पारसले ८ चौका र ५ छक्का प्रहार गरे ।

    घरेलु किनरारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १२८ रनको लक्ष्य दिएको थियो । नेपालले ९ बल बाँकी छँदै ७ विकेटले विजयी भएको हो ।

    नेपालका लागि पाँचौ नम्वरमा ब्याटिङमा गएका शरद भेषवाकरले पारसलाई उत्कृष्ट साथ दिनुकासाथै १६ रन बनाए । ओपनर प्रदीप ऐरीले ८, ज्ञानेन्द्र मल्लले ७ र रोहित कुमार पौडेलले ५ रन बनाए । नेपालका लागि करन केसीले ३, सन्दीप लामिछाने र बसन्त रेग्मीले २/२ र सोमपाल कामीले एक विकेट लिए ।

    मलेसियाका लागि भिरनदीप सिंहले ५७ रन, कप्तान अहमेद फेजले ४५ रन र फित्रि सामले १२ रन बनाए । अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । मलेसियाका पाँच जना व्याट्सम्यान खाता नखोल्दै आउट भएका थिए । मलेसियाका लागि अनवर रहमानले २ र फित्रि समले एक विकेट लिए । सिंगापुरमा हुने टी–ट्वान्टी विश्वकपको एशिया क्षेत्रीय फाइनल छनौटको लागि मलेसिया पुगेको नेपाली टोलीले दोस्रो खेलपनि भोलि सोही मैदानमा खेल्नेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.