सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

क्यान्सर अस्पतालको स्वायत्त संस्थामाथि हस्तक्षेप हुनेगरि सरकारले लिएको कदम निन्दनिय: जोशी


  •    न्युजभित्तो/२२ जेष्ठ २०७८, शनिबार २०:४७ 
  • चितवन २० जेठ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लगाएत अन्य क्यान्सर अस्पताललाई नियमन गर्न सरकारले छुट्टै संयन्त्र बनाउने घोषणा गरे संगै यो कदमको चर्को विरोध सुरु भएको छ ।  आर्थिक बर्ष २०७८/०७९ को बजेट घोषणाका क्रममा अर्थमन्त्री विष्णु पौडेलले देशमा रहेका क्यान्सर अस्पताललाई नियमन गराउन राष्ट्रिय क्यान्सर रोग अध्ययन सस्थान बनाउन बजेटको व्यवस्था गर्ने बताउनुभयो थियो । नेपालमा क्यान्सर संस्थान आवस्यक भएपनि भरतपुर स्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल जस्तो स्वायत्त संस्थालाई अनावस्यक हस्तक्षेप गर्ने गरि संस्थान बनाउनु पुर्णत गलत रहेको सरोकारवालाको मत छ । त्यस्ता संस्थानहरु अन्तराष्ट्रिय स्तरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको मातहतमा बनाउनु पर्ने उनिहरुको भनाई छ ।

     नेपाली कांग्रेसका चितवनका सचिव उत्तम जोशीले बिपी कोइराला क्यान्सर अस्पतालले  संस्थान संचालन गनुपर्नेमा उल्टै स्वायत्त संस्था माथि हस्तक्षेप हुनेगरि सरकारले लिएको कदम निन्दनिय रहेको बताउनुभएको छ । क्यान्सर अस्पतालको स्वायत्तता माथि हस्तक्षेप गर्न संस्थान बनाउने काम स्विकारयोग्य नभएको उहाँको भनाई छ । क्यान्सर अस्पतालको साखमा आँच आउने काम नगर्न उहाँले सरकारलाई चेतावनी दिनुभयो । “देशका भक्तपुर क्यान्सर अस्पताल लगाएत अन्य संग विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको तुलना गरेर यसको साख गिराउनु हुदैन । सरकारले पुर्णरुपमा गलत गरेको छ । सरकार उल्टो दिशामा हिड्न खोजेको छ ।” उहाँले भन्नुभयो, “माफियाकोे इसारामा क्यान्सर अस्पताललाई ध्वस्त गर्न खोजिएको छ । यो घोर आपत्तीजनक रहेको छ । तुरुन्त सच्याउनु पर्छ ।”

    पटक पटक अनेक बाहनामा मेडिकल माफियाको प्रभावमा सरकारले क्यान्सर अस्पताललाई ध्वस्त वनाउन खोजिरहेको आरोप लगाउनुभयो । क्यान्सर अस्पतालकै मातहतमा प्रतिष्ठानका रुपमा विकास गरेर क्यान्सर रिर्सच सेन्टर गुरु योजना अनुरुप काम गर्नुपर्ने उहाँको भनाई छ ।

    बाग्मती प्रदेश सरकारले बि .पि. कोइराला क्यान्सर हस्पिटल भित्र रहेको ५० बिघा  खाली जग्गालाइ फलफुल बागवानी केन्द्र बनाउनको लागी MOU  भएको भन्ने जानकारी आएको हुदा त्यस्तो कार्यको घोर भर्त्सना गर्दछु सचीव जोशिले भन्नूभयो । यसरी क्यान्सर   हस्पिटललाइ र त्यस भित्र रहेको खाली जग्गामा क्यान्सर उपचार र अनुसन्धान बाहेक का अन्य गतिविधि गराइ यसको गरिमा र स्वतन्त्रता माथि केन्द्र सरकार र प्रदेश सरकारले गर्न खोजेको आक्रमण किमार्थ नेपाली कांग्रेस चितवनलाइ मान्य नहुने र केन्द्र सरकार र प्रदेश सरकारले गरेको निर्णय तुरुन्त फिर्ता लिन नेपाली कांग्रेस चितवन गम्भीर ध्यानाकर्षण रहेको जोशीले बताउनुभयो।

    “क्यान्सर अस्पताललाई प्रतिष्ठानको रुपमा विकास र विस्तार गरि क्यान्सर रिर्सच सेन्टर बनाउने, केमो प्लान्ट स्थापना गर्नुपर्ने र क्यान्सर अस्पताललाई एक हजार शैयाको बनाउनुपर्ने  गुरुयोजना नै रहेको छ । यस तर्फ सरकारको ध्यान जादैन ।” उहाँले भन्नुभयो, “सरकार र नेताहरु मेडिकल माफियाले घेरिएका छन् । त्यसैले गुरुयोजना अनुरुप विकास गर्न कसैको ध्यान पुग्दैन ।” क्यान्सरको उपचार विश्वमा नै महंगो छ । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अहिले पनि उपचार सहज छैन । हरेक वर्गका नागरिकको सरल पहँुचमा उपचार हुन सक्ने बनाउन तर्फ सरकारले ध्यान दिन पर्ने उहाँको सुझाव छ । क्यान्सर अस्पतालमा केमो प्लान्ट स्थापना गरेर उत्पादन गर्न सकेमा गरिव नागरिकले पनि सहज र सस्तोमा उपचार पाउने उहाँको भनाई छ ।
    बजेट भाषण गर्ने क्रममा अर्थमन्त्री विष्णु पौडेलले “क्यान्सर रोगको अध्ययन, अनुसन्धान र उपचार गर्न राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गरि भक्तपुर क्यान्सर अस्पताल, विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र सुशिल कोइराला प्रखर क्यान्सर अस्पताललाई यस अध्ययन संस्थान मातहत संचालन गरिने छ ।” भनि घोषणा गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    • चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.