सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाली काङ्ग्रेसका नेता श्रेष्ठको निधन, निष्ठावान नेता गुमायौं : सभापति श्रेष्ठ


  •    न्युजभित्तो/२२ जेष्ठ २०७८, शनिबार २०:१४ 
  • चितवन, २२ जेठ । नेपाली काङ्ग्रेस चितवनका सल्लाहाकार एवं प्रजातन्त्र सेनानी महेश्वरलाल श्रेष्ठको आज निधन भएको छ । उहाँको आज काठमाडौं स्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

    विसं १९९४ साल पौष २९ गते बुबा सुब्बा मित्रलाल श्रेष्ठ र माता चुँदरी देवीका साइला पुत्रको रुपमा मकवानपुरको चिसापानीगढीमा जन्मनु भएका उहाँले पाल्पाको पव्लिक पदम हाइस्कुलमा अध्ययन गर्नु भएको थियो । विसं २०१२ सालमा चितवन आउनु भएका उहाँले २०१४ सालाको भद्र अवज्ञा आन्दोलनमा कास्की जिल्लामा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । विसं २०१५ सालबाट चितवनमा स्थायी वसोवास गर्नु भएका उहाँ सोही वर्ष भएको आम निर्वाचनमा ५६ नम्बर निर्वाचन क्षेत्रत्रमा काङ्ग्रेसका उम्मेदवारलाई बिजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।

    विसं २०१७ सालाको राजनीतिक कु संगै तनहुँको बन्दीपुर सशस्त्र आन्दोलनको नेतृत्व, २०१८ सालमा भरतपुर कव्जा गर्ने शसस्त्र क्रान्तिमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएका स्वर्गीय श्रेष्ठ माडी, ठोरी क्षेत्रमा समेत शसस्त्र बिद्रोहमा नेतृत्व प्रदान गर्नु भएको काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार विसं २०१८ सालपछी ८ वर्ष निर्वासन, पटक–पटक राजवन्दीका रुपमा जेल जीवन, २१ पटक हिरासतमा पर्नु भएका उहाँ २०४६ सालको जनआन्दोलनमा तत्कालीन सरकारले राज्य द्रोहको आरोप लगाई सेनाको टुकडीले घर घेराउ गरेको थियो । प्रजातान्त्रीक आन्दोलनका अथक संघर्षसिल योद्धा देशमा प्रजातन्त्र स्थापनार्थ आँफुलाई समाहित गर्नु भएका महेश्वरलाल अविवाहित हुनुहुन्थ्यो ।

    उहाँको निधनले नेपाली काङ्ग्रेसले असल एवं निष्ठावान नेता गुमाएको जिल्ला सभापति श्रेष्ठद्वारा जारी शोक बिज्ञप्तिमा उल्लेख छ । काङ्ग्रेस चितवनले स्वर्गिय श्रेष्ठको सम्मानमा पार्टी कार्यालय कमलनगरमा पाँच दिन पार्टीको झण्डा आधा झुकाउने र कार्यालयमा १३ औं तिथिका दिनसम्म शोक पुस्तिका राखिने जनाईएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    • चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.