सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सञ्जाल विस्तार गर्दै एनपिआई नारायणी सामुदायिक हस्पिटल


  •    न्युजभित्तो/२२ जेष्ठ २०७८, शनिबार १५:१५ 
  • नारायण अधिकारी
    चितवन, २२ जेठ । नेपाल पोलिटेक्निक इन्स्टिच्यूट (एनपिआई) को स्वास्थ्यसम्बन्धी प्रयोगात्मकका लागि १५ वर्षअघि यहाँ स्थापना भएको एनपिआई नारायणी सामुदायिक हस्पिटलले सञ्जाल विस्तार गरेको छ । अस्पतालले नवलपरासी, गोरखा र चितवनमा सञ्जाल विस्तार गरेको हो ।

    भरतपुरको अस्पतालरोडमा रहेको यस अस्पतालले भरतपुरमै क्यान्सरसहितको उपचार गर्न न्यूटन अस्पताल निर्माण गरिरहेको छ । कावासोतीमा एनपिआई कालीगण्डकी अस्पताल सञ्चालनमा ल्याएको छ भने गोरखामा एनपिआई गोरखा अस्पताल निर्माणको क्रममा रहेको छ ।

    अस्पतालका कार्यकारी अध्यक्ष डा भक्तमान श्रेष्ठका अनुसार भरतपुर महानगरपालिका—८, मा ३५० श्ययाको अत्याधुनिक अस्पताल निर्माण हुँदैछ । एनपिआईको ४० प्रतिशत शेयर रहेको रु पाँच अर्ब लगानीमा निर्माण हुँदै गरेको यस अस्पतालमा १५० श्यया क्यान्सरका लागि छुट्याइने छ । यसै आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि कोभिडका कारण अरु डेढ वर्ष लाग्ने अनुमान गरिएको छ । डा श्रेष्ठले भन्नुभयो, “क्यान्सर र अन्य उपचारका लागि विदेश जाने बिरामीलाई रोक्ने गरी न्यूटन सुविधा सम्पन्न हुनेछ ।”

    यस्तै कावासोतीमा रहेको कालीगण्डकी अस्पतालसँग मिलेर ५१ श्ययाको एनपिआई कालीगण्डकी अस्पताल सञ्चालनमा ल्याइएको छ । श्रेष्ठका अनुसार नियमित रुपमा भरतपुरबाट विशेषज्ञ चिकित्सक त्यहाँ गएर सेवा दिंदै आएका छन् । सोही अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा विजय न्यौपाने नवलपुर क्षेत्रका बिरामीहरु यसबाट प्रत्यक्ष लाभान्वित हुने बताउनुहुन्छ । जटिल अवस्थाका बिरामीलाई भरतपुर ल्याइने छ भने अन्यलाई त्यहीँ उपचार गरिने उहाँको भनाई छ । न्यौपानेले भन्नुभयो “हामी कावासोतीमै भरतपुरकै सरह उपचार सेवा दिंदैछौं ।”

    एनपिआईले गोरखामा स्थानीयसँग सहकार्य गरेर एनपिआई गोरखा अस्पताल निर्माण गरिरहेको छ । एनपिआई नारायणी सामुदायिक अस्पतालका उपाध्यक्ष एवं एनपिआई गोरखाका प्रबन्धनिर्देशक पुष्प धिताल १८ महिनामा अस्पताल सञ्चालनमा ल्याउने बताउनुहुन्छ । पचपन्न श्ययाको सो अस्पताल एनपिआई नारायणी सामुदायिक अस्पताल, यसका शेयरधनी र स्थानीयहरु साझेदार रहेका छन् । रु नौ करोडभन्दा बढी लगानी गरेर अस्पताल सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

    एनपिआई नारायणी सामुदायिक अस्पतालका सञ्चालक विष्णु कुँबरका अनुसार विसं २०६३ सालमा यहाँ स्थापना भएको यस अस्पतालले एक वर्षमा एक लाख २८ हजारभन्दा बढीलाई बहिरंग सेवा दिंदै आएको छ । उहाँका अनुसार एक महिनामा यहाँ ५०० हाराहारी शल्यक्रिया हुने गरेको छ । दुई सय श्ययाको यो अस्पताल जिल्लाको ठूलो अस्पताल मध्ये पर्दछ ।

    नेपाल पोलिटेक्निक इन्स्टिच्यूट मुख्य शेयरधनी रहेको यस अस्पतालमा १८२ जना अन्य शेयरधनी छन् । छोटो समयमा अस्पतालले आफ्नो सञ्जाललाई विस्तार गर्न सकेको हो । कुँबरले आफ्नै ठाउँमा उपचार सेवा दिने उद्देश्यका साथ सञ्जाल विस्तार गरिएको जानकारी दिनुभयो । बाग्लुङ लगायतका ठाउँहरुबाट पनि सञ्जाल ल्याउन अनुरोध गरेको उहाँको भनाइ छ ।

    यस अस्पतालमा मात्रै काम गर्ने विशेषज्ञ चिकित्सकदेखि यहाँका सरकारी अस्पतालमा काम गर्ने चिकित्सकहरुले बिहान बेलुकाको समयमा सेवा दिंदै आएका छन् । एनपिआई नारायणी सामुदायिक अस्पतालको पिसिएल नर्सिङ, बिएन र बिएस्सी नर्सिङको पढाइ गर्दै आएको छ । नेपाल पोलिटेक्निक इन्स्टिच्यूट प्राविधिक तथा व्यावसायिक तालिम परिषद् ९सिटिइभिटी० का सबैभन्दा धेरै शैक्षिक कार्यक्रम सञ्चालन गर्ने संस्था हो । स्वास्थ्यसम्बन्धी सिटिइभिटीका अधिकांश कार्यक्रम सो इन्स्टिच्यूटले सञ्चालन गर्दै आएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.