पशुपालनलाई प्रबद्र्धन गर्दै राप्ती नगरपालिका, दैनिक ३० हजार लिटर दूध उत्पादन
न्युजभित्तो/१८ जेष्ठ २०७८, मंगलवार १२:५६
राप्ती (चितवन) १८ जेठ । जिल्लाको पूर्वी भागमा रहेको राप्ती नगरपालिकाले पशुपालन व्यवसायलाईइ प्रबद्र्धन गर्दै आएको छ । पशुपालनमा नगरपालिकाले सहयोग गरेसँग नगर क्षेत्रमा दैनिक ३० हजार लिटरभन्दा बढी दूध उत्पादन हुँदै आएको हो ।
जिल्लाको विकट पहाडी र समथर भूभाग मिलेर बनेको राप्तीले पहाडी क्षेत्रमा बाख्रा पालन र समथर भूभागमा गाई भैंसी पालन व्यवसायमा सहयोग गर्दै आएको छ । नगरपालिकाले कृषकहरुलाई पशुपालनमा प्रेरित गराउन विभिन्न अनुदानका कार्यक्रमहरु सञ्चालन गर्दै आएको हो । ती कार्यक्रम अन्तर्गत ५० देखि शतप्रतिशतसम्म अनुदानका कार्यक्रमहरु कृषकले प्रत्यक्ष रुपमा पाउँदै आएका छन् ।
नगरपालिकाका पशु चिकित्सा शाखा प्रमुख शैलेन्द्र भण्डारीका अनुसार नगरपालिकाले चालु वर्षमा १२१ वटा काउम्याट वितरण गरेको छ । एउटा काउम्याटलाई रु.६ हजार ८०० पर्दछ । यसको ५० प्रतिशत नगरपालिकाले व्यहोरेर कृषकसँगको साझेदारीमा वितरण गरिएको हो । नगरपालिकाले पाँच वटा बोयर बोका वितरण गरेको छ । एउटा बोकाका लागि रु.५० हजार नगरपालिकाले व्यहोरेको थियो भने अपुग रकम कृषकले थपेर बोका खरिद गरेका हुन् ।
माछा मासु बिक्री गर्दै आएका व्यवसायीको व्यवसाय सुधारका लागि पाँच वटालाई रु.३० हजारका दरले अनुदान दिएको छ । कृषकलाई घाँस टुक्याउने १६ वटा च्याप कटरका लागि रु.२० हजारका दरले अनुदान दिएको छ । भण्डारीले न्यूजभित्तोलाई दिनुभएको जानकारी अनुसार ती उपकरण खरिद गर्न प्रतिगोटा रु.४० हजार पर्दछ । घाँस काट्न प्रयोग हुने पाँच वटा ग्रासकटरमा ८० प्रतिशत अनुदान दिएको छ । रु.४० हजारका दरले अनुदान दिईएको हो ।
नगरपालिकाले १२ हजार ८६६ गाई, भैंसी र बाख्रलाई निःशुल्क कृत्रिम गर्भाधान गराएको छ । सिमेन (वीर्य) खरिद गरेर चालु आर्थिक वर्षमा ती पशुचौपायालाई कृत्रिम गर्भाधान गराईएको हो । नगरपालिकाले गोठ निर्माणका लागि ६ वटालाई रु.२० हजारका दरले सहयोग गरेको छ । विदेशबाट आएका पशुपालन गर्न चाहनेहरुका लागि नगरपालिकाले पशुपालनमा प्रोत्साहन गरेको छ । राप्ती नगरपालिकामा रहेका ६ वटा दुग्ध उत्पादक सहकारी संस्थालाई क्रिम सेपेरेटर उपकरण उपलब्ध गराएको छ । जसका लागि एउटाको रु.९० हजार नगरपालिकाले अनुदान दिएको हो ।
राप्तीकै परेवाश्वरी दुग्ध उत्पादक सहकारी संस्थालाई दुग्ध प्रशोधन उद्योगको रुपमा स्तरीकरण गर्न रु.२० लाख अनुदान सहयोग गरिंदै छ । संघीय सरकारको सहयोगमा साझेदारी परियोजना अन्तर्गत यो कार्यक्रम गर्न लागिएको हो । नगरपालिकाले ठूला गाई फर्मलाई दूध दुहुने मेसिनन वितरण गर्दैछ । यसै आर्थिक वर्षमा रु.१ लाख ५० हजारमा खरिद गरेर केही दिनभित्रै वितरण गर्ने तयारी गरेको भण्डारीले जानकारी दिनुभयो ।
नगरपालिकाले यस वर्ष तीन पटक बृहत पशु स्वास्थ्य शिविर गरेर २ हजार १ सय पशु चौपायको स्वास्थ्य परीक्षण गरी आवश्यक प्राविधिक सल्लाह उपलब्ध गराएको छ । जसमा कृषि तथा वन विज्ञान विश्वविद्यालय र नेपाल पोलिटेक्निक इन्स्टिच्यूटका पशु चिकित्सकहरुको सहयोग लिईएको थियो । राप्ती नगरपालिका क्षेत्रमा दैनिक ३० हजार लिटर दूध उत्पादन हुँदै आएको छ ।
राप्ती नगरपालिका वडा नं. ६ मा रहेको दनाई गाईपालन व्यवसायी फर्मका सञ्चालक नेत्रमणि दनाईले नगरपालिकाले सहयोग दिईरहँदा आफूलाई उर्जा मिलेको बताउनुभयो । सानो सहयोग भए पनि यसले कृषकहरुलाई प्रेरणा मिल्ने उहाँको भनाई छ । दनाईको गाईफर्ममा अहिले एक सयभन्दा बढी गाई रहेका छन् ।
नगरपालिका प्रमुख प्रभा बरालले नगरक्षेत्रमा पशुपालनको विकासका लागि उच्च प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो “पशुपालनको लागि उपयुक्त भएकाले यो व्यवसाय अझै फस्टाउन सक्छ ।” घरधुरी सर्वेक्षण २०७५ अनुसार राप्तीमा १२ हजार ५ सय ३१ घरधुरी छन् । जहाँ ७ हजार ५६० परिवार पशुपालनमा आश्रित छन् । उहाँले थप्नुभयो “यहाँका ६०.३३ प्रतिशत जनता पशुपालन व्यवसायमा छन् ।” राप्तीको जनसंख्या ८४ हजार ८ सय २० रहेको छ । बरालका अनुसार राप्ती नगरपालिकाको वडा नं. १०, ११, १२, १३ सँगै वडा नं. १ को परेवाकोट र ३ को धमिले पहाडमा पर्दछ भने अन्य भूभाग तराईमा पर्दछन् ।
बरालका अनुसार माथिल्लो भागमा बाख्रा र तल्लो क्षेत्रमा गाईभैंसीका लागि उपयुक्त हुन्छ । उहाँले न्यूजभित्तोलाई भन्नुभयो “आधाभन्दा बढी जनसंख्या कृषि र पशुपालनमा आश्रित भएकाले हाम्रो ध्यान यसमा बढी केन्द्रीत छ ।” आन्तरिक श्रोतसँगै प्रदेश र संघीय सरकारसँग समन्वय गरी आवश्यक बजेट पशुपालनमा लगानी गरिंदै आएको बरालले बताउनुभयो । उहाँले अगाडि थप्नुभयो “आगामी वर्षको बजेटमा पनि हामी पशुपालन व्यवसाय प्रबद्र्धनका कार्यक्रमलाई महत्व दिन्छौं ।” दूध र मासुको उत्पादन बढाउन नगरपालिकाले सक्दो सहयोग गर्ने उहाँको भनाई छ ।