सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्वास्थ्यकर्मीलाई एकमुष्ट कोराना भत्ता दिन्छौं : मुख्यमन्त्री शाही


  •    न्युजभित्तो/१८ जेष्ठ २०७८, मंगलवार १२:१५ 
  • कर्णाली, १८ जेठ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोरोना भत्ता एकमुष्ट उपलब्ध गराउने बताउनुभएको छ ।

    जिल्ला विपद् व्यवस्थापन समिति कालीकोटको बैठकमा सहभागी हुनुभएका मुख्यमन्त्री शाहीले सोमबार जिल्ला अस्पताल कालिकोटका चिकित्सक तथा स्वास्थ्यकर्मीसँग छलफल गर्ने क्रममा उनीहरूले उपलब्ध गराईदिन अनुरोध गरेका थिए ।

    सो क्रममा उहाँले प्रदेशका सबै स्वास्थ्यकर्मीलाई गत र चालु आवको भत्ता एकमुष्टरूपमा तत्काल उपलब्ध गराउने विश्वास दिलाउँदै जोखिम भत्ता पाएनौं भन्ने समस्या चिर्ने बताउनुभएको थियो । छलफलको क्रममा अस्पतालका निमित्त प्रमुख कटक महतले १४३ जना कर्मचारी दरबन्दीको आवश्यक मागपत्र मुख्यमन्त्री शाहीलाई बुझाउँदै आइसीयु सञ्चालन गर्न जनशक्ति व्यवस्थापन लागि आग्रह गर्नुभएको थियो ।

    मुख्यमन्त्री शाहीले स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न सुझाउँदै आवश्यक व्यवस्थापन प्रदेश सरकारले गर्ने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, “तपाईहरू उच्च मनोबलका साथ काम गर्नुहोस् प्रदेश सरकार चिकित्सक र स्वास्थ्यकर्मीकै साथमा छ । कुराभन्दा पहिला काम गर्नुहोस् । बिजुली छैन, सोलार जडान गरिहाल्नुस् त्यसमा लाग्ने आवश्यक रकमको सहयोग प्रदेश सरकारले गर्छ ।” विशेषगरी स्वास्थ्य पूर्वाधार तथा विकास योजना अनुगमनका लागि गृह जिल्ला पुग्नुभएका मुख्यमन्त्री शाहीले स्थानीय तहका प्रमुख/अध्यक्षलाई विपद् प्रतिकार्यका लागि वडास्तरमा स्वयंसेवक परिचालन गर्न मुख्यमन्त्रीको निर्देशन दिनुभएको छ ।

    कोरोना महामारी जिल्लामा वर्षेनी प्राकृतिक प्रकोपबाट उत्पन्न हुने समस्याबारे समयमै सजग गराउन तथा तत्काल उद्धारमा सहयोग पुग्नेगरी प्रत्येक वडातहमा स्वयंमसेवक परिचान गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले अगाडि भन्नुभयो, “विपद्मा जनतालाई भित्र राखेर सेवक बाहिर हिड्नुपर्छ । प्रत्येक कर्मचारी, जनप्रतिनिधिलगायत सरोकारवाला निकाय कोरोना महामारी केन्द्रित बनौँ ।

    सबै मिलेर महामारीको सामना गरौँ र जनतालाई आवश्यक राहात र दरिलो साथ दिऔँ ।” निषेधाज्ञा कडा थप कडा गर्न निर्देशन दिनुभएका मुख्यमन्त्री शाहीले कोभिड नियन्त्रणको पहिलो प्राथमिकता जनचेतना भएको बताउँदै ती क्रियाकलापमा जोड दिन तथा अब बजेट कोरोना नियन्त्रण र रोजगारी सृजनामा केन्द्रित गर्न स्थानीय तहका प्रमुखलाई निर्देशन दिनुभयो । स्थानीय तहका प्रमुखले हालसम्म भोगिरहेको समस्याबारे जानकारी गराउँदै स्वास्थ्यकर्मी र आवश्यक स्वास्थ्य सामग्रीसहित बजेटको प्रबन्ध गरिदिन उहाँलाई आग्रह गरेका थिए ।

    स्थानीय तहका प्रमुखले गाउँमा विवाह, वर्तबन्ध र मलामी जानेक्रम नरोकिएकाले कोरोना सङ्क्रमण नियन्त्रण गर्न थप चुनौति हुनुका साथै जनचेतना अभावले कोरोना परीक्षण गर्न समुदायका नागरिकले नमान्दा जटिलता भएको बताएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.