लुम्बिनीबाट राष्ट्रियसभामा विपक्षी गठबन्धनका पाण्डे विजयी न्युजभित्तो/१७ जेष्ठ २०७८, सोमबार १७:०० रुपन्देही,१७ जेठ । लुम्बिनी प्रदेशसभाअन्तर्गत रिक्त राष्ट्रियसभा उपनिर्वाचनमा विपक्षी गठबन्धनतर्फका उम्मेदवार दीर्घनारायण पाण्डे विजयी भएका छन् । पाण्डे चार हजार एक सय ४० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका चन्द्रबहादुर खड्काले तीन हजार छ सय १२ मत प्राप्त गरे । कांग्रेसका नेता पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन थियो । कुल ३ सयमध्ये २ सय ९७ जनाले मतदान गरेका थिए । स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय १४ जना र प्रदेशसभाका ८३ जना गरी २ सय ९७ जनाले मतदान गरेका थिए । तपाईको प्रतिक्रिया ताजा अपडेट २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान अपी हिमालः जहाँ प्रकृति बोल्छ यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ खलामा धान भर्दै स्थानीय सरकार भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै
रुपन्देही,१७ जेठ । लुम्बिनी प्रदेशसभाअन्तर्गत रिक्त राष्ट्रियसभा उपनिर्वाचनमा विपक्षी गठबन्धनतर्फका उम्मेदवार दीर्घनारायण पाण्डे विजयी भएका छन् ।
पाण्डे चार हजार एक सय ४० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका चन्द्रबहादुर खड्काले तीन हजार छ सय १२ मत प्राप्त गरे ।
कांग्रेसका नेता पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।
कुल ३ सयमध्ये २ सय ९७ जनाले मतदान गरेका थिए । स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय १४ जना र प्रदेशसभाका ८३ जना गरी २ सय ९७ जनाले मतदान गरेका थिए ।