सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नयाँ भेरिएन्ट भेटिएपछि भियतनामले होचि मिन्ह सहरका सबैको परीक्षण गर्ने


  •    न्युजभित्तो/१७ जेष्ठ २०७८, सोमबार १३:४८ 
  • काठमाडौं,१७ जेठ । भियतनाममा कोरोनाभाइरसको नयाँ भेरिएन्ट देखिएपछि हो चि मिन्ह शहरका पुरै स्थानिय बासिन्दाहरुको परीक्षण गरिने भएको छ ।

    नयाँ स्वरुपको कोरोनाभाइरस हावामार्फत तीव्र रुपमा फैलिन सक्ने भएकाले यहाँ १५ दिनका लागि सामाजिक दूरी कायम गर्ने मापदण्ड लागू गर्ने अधिकारीहरुले बताएका छन् ।

    भारतमा र बेलायतमा देखिएको कोरोनाभाइरसका प्रजातिको नयाँ भेरिएन्ट मिश्रितरुपमा आफ्नो देशमा देखिएको भियतनामको स्वास्थ्यमन्त्रीले बताएका छन् ।

    भियतनामको हो चि मिन्ह शहरमा धार्मिक गतिविधि बढेपछि कोरोनाभाइरस संक्रमण वृद्धी भएको अधिकारीहरुले बताएका छन् । त्यहाँ एउटै धार्मिक स्थलमा सहभागी १२५ जनामा संक्रमण पुष्टि भएको हो ।

    दैनिक १ लाख जनाको परीक्षण गरिने त्यहाँका अधिकारीले बताएका छन् । त्यहाँ १० जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ, पसल र रेष्टुरेष्टहरु बन्द गरिएको बीबीसीले जनाएको छ ।

    सन् २०२० को सुरुवातमा भियतनाममा कोरोना संक्रमण देखिएलगतै स्वदेश फर्किने आफ्नो नागरिकबाहेक सबैलाई प्रवेशमा रोक लगाइएको थियो र विदेशबाट फर्कने सबैलाई अनिवार्य क्वारेन्टाइन र परीक्षणको व्यवस्था गरिएको थियो ।

    भियतनाममा कोरोनाभाइरस संक्रमण अहिलेसम्म ७ हजार १ सय ७ जनामा पुष्टि भएको छ भने ४७ जनाको मृत्यु भएको छ ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.