सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘पत्रकार कोरोना उपचार कोष’ स्थापना


  •    न्युजभित्तो/१७ जेष्ठ २०७८, सोमबार १३:२६ 
  • कञ्चनपुर, १७ जेठ। नयाँ भेरियन्टसहितको कोराना भाइरसको सङ्क्रमणबाट सञ्चारकर्मी सङ्क्रमित हुन थालेपछि नेपाल पत्रकार महासङ्घ जिल्ला कार्यसमिति कञ्चनपुरले ‘पत्रकार कोरोना उपचार कोष’ स्थापना गर्ने निर्णय गरेको छ ।

    समाचार सङ्कलनमा खटिएका सञ्चारकर्मी पनि कोरोना सङ्क्रमित भएको र अझै हुन सक्ने अवस्थालाई दृष्टिगत गरी कोष स्थापना गर्ने निर्णय गरिएको हो । “पत्रकारलाई उपचारमा सघाउ पुयाउने उद्देश्य राखी कोष स्थापना गर्ने निर्णय गरेका छौँ”, कार्य समितिका सचिव राजेन्द्रप्रसाद अवस्थीले भन्नुभयो, “कोषमा रकम जम्मा गर्नका लागि सबैको साथ चाहिएको छ ।”

    कोषमा सहयोग गर्नका लागि व्यवसायी, उद्योगी, सामाजिक सङ्घसंस्था, शिक्षक, कर्मचारी, समाजसेवीसँग अनुरोध गरिएको उहाँले बताउनुभयो । महासङ्घद्वारा स्थापना गरिएको कोषमा आर्थिक सहयोग गर्न इच्छुकहरुले एनएमबी बैंक शाखा महेन्द्रनगरमा नेपाल पत्रकार महासङ्घ शाखा कञ्चनपुरका नाममा रहेको चल्ती खाता नं ०९८०१२९०५८२०००११ मा रकम जम्मा गर्न सकिनेछ ।

    तीन हजार सङ्क्रमित

    वैशाख महिनादेखि जेठको दोस्रो सातासम्म कञ्चनपुरमा कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार ४८ जना प्रभावित भएका छन् । सोही अवधिमा कोरोना भाइरसको सङ्क्रमणबाट दुई हजार ५०७ जना सङ्क्रमण मुक्त भएका छन् ।

    स्वास्थ्य कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार कोरोना भाइरसको नयाँ भेरियन्टको सङ्क्रमणबाट धेरै जनामा सङ्क्रमण देखा परेको हो । पिसिआर परीक्षण चार हजार ४७१ जनाको गरिएको छ । यसमध्ये पिसिआर गरिएकामध्येको तीन हजार ९५० जनाको नतिजा प्राप्त भएको छ । आठ हजार ८९ जनाको पश्चिमी सीमा नाका गड्डाचौकीमा एन्टिजेन परीक्षण गरिएकामा यसमध्ये ५१७ जनाको नतिजा पोजेटिभ आएको छ । कोरोना सङ्क्रमण शुरु भएदेखि हालसम्म २१ हजार ८४ जनाको पिसिआर परीक्षण गरिएको छ । यसमध्ये छ हजार ७८० जनाको नतिजा पोजेटिभ आएको थियो ।

    सोही अवधिमा सङ्क्रमण मुक्त हुनेको सङ्ख्या पाँच हजार ९९१ जना रहेको छ । हाल कोरोना भाइरसका सक्रिय केस ६१३ रहेका छन् । आइसोलेशनमा रहेकाको सङ्ख्या ९२ र होम आइसोलेशनमा रहेकाको सङ्ख्या ५१५ रहेको छ । आइतबार कञ्चनपुरमा ४२ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ भने कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या १८९ रहेको छ । हालसम्म कोरोनाको सङ्क्रमणबाट कञ्चनपुरमा ९४ जनाको मृत्यु भएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.