सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लयमा फर्कंदै विद्युत् उत्पादन


  •    न्युजभित्तो/१७ जेष्ठ २०७८, सोमबार १३:१८ 
  • लमजुङ, १७ जेठ । लमजुङमा उत्पादन थालेका जलविद्युत् आयोजनाहरुले क्षमताअनुसार विद्यु्त् उत्पादन गर्न थालेका छन् । नदीमा पानीको बहाव कम भएसँगै क्षमताभन्दा न्यून उत्पादन गरिरहेका ती आयोजनाले हालैको वर्षात्पछि पूरै क्षमतामा बिजुली उत्पादन गर्न थालेका छन् ।

    डुम्रे–बेँसीशहर सडकखण्ड नजीकै जिल्लास्थित बँेसीशहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनामा विद्युत् उत्पादन बढेको छ । केही दिनअघिसम्म ५०÷५५ मेगावाट मात्र बिजुली उत्पादन रहेकामा तीन दिनअघिदेखि पूरै क्षमतामा बिजुली उत्पादन हुन थालेको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना केन्द्रका प्रमुख शिवकुमार शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “केही दिनको निरन्तर पानीले मस्र्याङ्दी नदीमा पानीको बहाव वृद्धि भएसँगै बिजुली उत्पादन बढेको छ ।

    आयोजनाका अनुसार यस नदीमा पानी कम हुँदा विद्युत् उत्पादन घटेर यस वर्ष २२-२३ मेगावाटसम्म मात्र विद्युत् उत्पादन भएको थियो । विगतका वर्षमा २५-२६ मेगावाटभन्दा कम विद्युत् उत्पादन भएको थिएन । आयोजनामा ३५-३५ मेगावाट क्षमताको दुईवटा टर्बाइन गरी ७० मेगावाटको बिजुली उत्पादन हुँदै आएको छ । यस आयोजना जिल्लाकै पहिलो तथा ठूलो आयोजना हो । यस आयोजनामा गत मङ्सिरको दोस्रो हप्ताबाट बिजुली उत्पादन घटेको थियो । सन् २००० मा निर्माण कार्य शुरु गरेको यस आयोजनाले सन् २००८ मा निर्माण कार्य सम्पन्न भएसँगै आयोजनाबाट विद्युत् उत्पादन गर्दै आइरहेको छ । यस आयोजना रु २७ अर्ब २० करोड लागतमा निर्माण भएको थियो ।

    त्यस्तै, मस्र्याङ्दी गाउँपालिका–७ र ८ भुलभुलेस्थित ५० मेगावाट क्षमता भएको माथिल्लो मस्र्याङ्दी जलविद्युत् ‘ए’ आयोजनामा समेत विद्युत् पूरै क्षमतामा उत्पादन हुन थालेकोे छ । एक हप्ताअघिसम्म ३२ देखि ४० को हाराहारीमा उत्पादन हुँदै आए पनि सो यता आयोजनाको पूरै क्षमतामा बिजुली उत्पादन हुन थालेको आयोजनाका जनसम्पर्क अधिकृत इन्जिनीयर कर्ण अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “पुस÷माघ महिनामा त उत्पादन घटेर २५ मेगावाट मात्र बिजुली उत्पादन भएको थियो । अब मस्र्याङ्दी नदीमा पानी बढेकाले उत्पादन पूरै क्षमतामा भएको उहाँको भनाइ छ । यस आयोजनामा २५÷२५ क्षमताको दुईवटा टर्वाइन गरी ५० मेगावाट क्षमताको जलविद्युत् आयोजना हो ।

    सन् २०१३ जनवरीबाट आयोजनाको निर्माण कार्य शुरु गर्दै सन् २०१७ जनवरीबाट व्यावसायिकरूपमा माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजनाले विद्युत् उत्पादन थालेको थियो । सो आयोजना करीब रु १६ अर्ब लागतमा निर्माण सम्पन्न भएको थियो । चिनियाँ बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोको ९० र नेपालको चितवन कोइ समूह ९सगरमाथा हाइड्रोपावर कम्पनी० को १० प्रतिशत लगानी रहेको छ । यस आयोजना हालसम्म उत्पादन थालेका जलविद्युत् आयोजनामध्ये दोस्रो ठूलो आयोजना हो ।

    यस आयोजनाबाहेक जिल्लामा उत्पादन थालेका पाँच मेगावाटको सिउरी, चार दशमलव चार मेगावाटको क्षमताको राधी, चार मेगावाटको खुदी, तीन मेगावाटको मिदिम करापु, दुई मेगावाटको छ्याङ्दी र एक मेगावाटको स्याङ्गे जलविद्युत् आयोजनामा समेत विद्युत् उत्पादन वृद्धि भएको बताइएको छ ।

    जिल्लामा केही आयोजनाहरुले समेत निर्माण कार्य सम्पन्न गर्दै बिजुली उत्पादन गर्ने तयारीमा रहेका छन् । दोर्दी कोरिडोरमा मात्र चार आयोजनाहरु निर्माणाधीन रहेका छन् । ती आयोजनाहरुले अधिकांश काम सम्पन्न गरिसकेका छन् । उक्त कोरिडोरमा निर्माण सम्पन्न भएपश्चात् ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’ आयोजना जिल्लाकै दोस्रो ठूलो आयोजना हुने भएको छ ।

    नेपालडाँडा–तार्कुघाट– बोराङखोला सडक कालोपत्र धमाधम

    कोरोना सङ्क्रमणको दोस्रो लहर सरकारद्वारा जारी निषेधाज्ञा र सङ्क्रमणको जोखिमका बीच नेपालडाँडा–तार्कुघाट–बोराङखोला सडक कालोपत्र गर्ने कार्य तीव्ररुपमा अघि बढिरहेको छ । छिमेकी जिल्ला तनहुँ नेपालडाँडादेखि लमजुङको राइनास नगरपालिका बोराङखोलासम्मको १० किलोमिटर सडकमा कालोपत्र गर्ने कार्य भइरहेको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख इन्जिनीयर सुमन गिरीले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘‘निषेधाज्ञा र कोरोना सङ्क्रमणका बेलासमेत विकास निर्माणलाई तीव्रता दिँदै यस सडकमा कालोपत्र गर्ने कार्य भइरहेको छ । सरकारले जनतालाई छिटोछरितो सेवा प्रदान गर्नका लागिसमेत महामारीका बेला स्वास्थ्य सावधानी अपनाउँदै विकास निर्माण कार्यलाई अघि बढाइरहेको छ ।’’ जिल्लाको राइनास नगरपालिकाअन्तर्गत नगरको मुख्य सडक नेपालडाँडा–तार्कुघाट–बोराङखोला सडक हो । यस सडकको कालोपत्र गर्ने कार्य ७० प्रतिशत सम्पन्न भएको पूर्वाधार विकास कार्यालय लमजुङका यस सडकखण्ड हेर्ने इन्जिनीयर सुरज रिमालले बताउनुभयो ।

    धमिलीकुवादेखि तीनपिप्लेसम्म छ किलोमिटर सडक कालोपत्र सम्पन्न भइसकेको उहाँको भनाइ छ । नेपालडाँडा–तार्कुघाट हुँदै भैँसीखोलासम्म कालोपत्र गर्ने कार्य भइरहेको छ । कालोपत्र गर्ने कार्य गत चैत २७ गतेदेखि शुरु भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । यस सडक गण्डकी प्रदेश सरकारको प्रादेशिक सडक योजनाअन्तर्गत १० किलोमिटर सडक कालोपत्र भइरहेको हो ।

    यस सडक निर्माणको प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमअन्तर्गत उक्त सडक २०७६ पुसदेखि आगामी २०७८ मङ्सिरसम्म निर्माण अवधि रहेको छ । सो अगावै आगामी असार महिनाभित्रै निर्माण कार्य सम्पन्न हुने बताइएको छ । गत वर्षमा समेत कोरोनाका कारणले सरकारद्वारा जारी लकडाउनका बेला नौ महिना निर्माण कार्य ठप्प भए पनि यस सडकको निर्माण कार्य धेरै छिटो र गुणस्तरीय भइरहेको इन्जिनीयर रिमालको भनाइ छ ।

    उहाँका अनुसार हालसम्म समग्रमा यस सडकको निर्माण कार्य ९० प्रतिशत सम्पन्न भइसकेको छ । हालसम्म १० किलोमिटरतर्फ नाली र अर्कोतर्फ करीब एक हजार ५०० मिटर गरी साढे ११ किलोमिटर नाली बनाउने कार्य, मेशिनरी पर्खाल लगाउने कार्य सम्पन्न भइसकेको छ । त्यस्तै, भैँसीखोला, भब्बेडाँडा, सातबिसेखोला र रेमीखोलामा पक्की पुल निर्माण कार्यसमेत सम्पन्न भइसकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

    त्यस्तै विभिन्न स्थानमा हिमपाइप, छ वटा कज्वे बनाउने कार्य सम्पन्न भएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार सडक निर्माण तथा कालोपत्रका लागि प्रदेश सरकारको रु २८ करोड ७४ लाख ७५ हजार १८७ लामा कन्सट्रक्शन प्रालिले यस सडकको निर्माण कार्य गरिरहेको छ । यस सडक कालोपत्र भएसँगै यस पालिकाका नागरिकसँगै दूधपोपारी गाउँपालिका र छिमेकी जिल्ला गोरखा नागरिकलाई धेरै सहज हुने भएको छ । यस सडक तनहुँ भानु नगरपालिका–१० नेपालडाँडादेखि लमजुङको राइनास नगरपालिका–८ तार्कुघाटसम्म एक किलोमिटर भूभाग तनहुँमा पर्दछ भने तार्कुघाटदेखि वडा नं १ बोराङखोलासम्म नौ किलोमिटर सडक लमजुङतर्फ पर्दछ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.