सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खुलालु पक्की पुल चाँडो सम्पन्न गर्न निर्देशन


  •    न्युजभित्तो/१७ जेष्ठ २०७८, सोमबार १२:४४ 
  • कर्णाली, १७ जेठ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खुलालुमा निर्माणाधीन पक्की पुल चाँडो सम्पन्न गर्न निर्माण कम्पन्नीलाई निर्देशन दिनुभएको छ ।

    आइतबार बेलुका कर्णाली करिडोरअन्तर्गत खुलालुमा पुगेर निर्माणाधीन पुलको अनुगमन गर्नुभएका उहाँले निर्माण कार्य जतिसक्दो छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।

    पुल निर्माणको कार्य तीव्र गतिमा भइरहे पनि कोरोना महामारीका कारण यस बीचमा सुस्ताएको पाइएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार कम्पनीमा काम गर्ने एक इन्जिनीयर कर्णाली नदीमा खसेर र अर्को कर्मचारी कोभिडले मृत्यु हुँदा काम सुस्ताएको हो ।

    प्रदेशको समृद्धिको जीवनरेखाका रुपमा लिइएको कर्णाली करिडोर सुर्खेत–हिल्सासम्म जोड्ने गरी पुल निर्माण कार्य भइरहेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि सुर्खेत–खुलालु जोड्ने सडक दुई लेन बनाउन रु एक अर्ब २० करोड बजेट विनियोजन गरेको छ । कालीकोटको शुभकालिका र नरहरिनाथ गाउँपालिका जोड्ने कर्णाली नदीमाथि निर्माण हुन थालेको पुलको कार्यसम्पन्न हुन सके सुर्खेत–हुम्ला सिधा मार्ग जोडिने छ ।

    त्यसैगरी आज मुख्यमन्त्री शाहीले जिल्ला विपद् व्यवस्थापन समिति कालीकोटको बैठकमा सहभागी भएर विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को अहिलेको अवस्थाबारे जानकारी लिनाका साथै कोभिड अस्पतालको निरीक्षण गरी यो सङ्कटको व्यवस्थापनमा तदारुकताका साथ लाग्न समितिसहित कर्मचारीलाई निर्देशन दिनुभएको स्वकीय सचिव आचार्यले बताउनुभयो । मुख्यमन्त्री शाहीसहित प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही पनि गृह जिल्ला कालीकोट पुग्नुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.