सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गोकर्णेश्वरमा २५ श्ययाको आइसोलेशन


  •    न्युजभित्तो/१६ जेष्ठ २०७८, आईतवार १४:३८ 
  • काठमाडौँ, १६ जेठ । गोकर्णेश्वर नगरपालिका–४ स्थित यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा रहेको राष्ट्रिय शहीद स्मारकको भवनमा २५ श्ययाको आइसोलेशन सञ्चालन गरेको छ ।

    नगरपालिका, यज्ञडोल (जगडोल) सामुदायिक वन उपभोक्ता समूह र लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए १ को सहयोगमा आइसोलेसन सञ्चालन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले राससलाई जानकारी दिनुभयो ।

    सामुदायिक वनमा रहेको स्मारकका भवनमा यसअघि गत वर्ष पनि आइसोलेशन सञ्चालन गरिएको थियो । आइसोलेशनमा गोकर्ण प्राथमिक अस्पतालका चिकित्सकले स्वास्थ्य सेवा दिएको नगरपालिकाले जनाएको छ । यसैगरी लायन्स क्लबका तर्फबाट आइसोलेशनमा अक्सिजनको व्यवस्थासमेत गरिएको छ । आइसोलेशन सञ्चालन भएपछि होम आइसोलेशन नहुनेका लागि सहज भएको जनाइएको छ ।

    नगरपालिकामा हालसम्म चार हजार ३४८ जना कोरोना सङ्क्रमित भएका छन् । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना फैलिएपछि दुई हजार २२ सङ्क्रमित भइसकेका छन् । गत वर्ष पहिलो चरणको कोरोनाले दुई हजार ३४८ सङ्क्रमित भएका थिए । दोस्रो लहरले सङ्क्रमित भएकामध्ये एक हजार ३८९ जना घर फर्केका छन् । पाँच सय ९७ अहिले पनि सक्रिय सङ्क्रमित छन् । दोस्रो लहरको कोरोनाले नगरपालिकाका ३६ नगरवासीको निधन भएको स्वास्थ्य शाखाले जनाएको छ । गत वर्ष पहिलो चरणको कोरोनाले भने २८ जनाको निधन भएको थियो ।

    नगर क्षेत्रमा कोरोनाको लक्षण देखिएकालाई गोकर्ण प्राथमिक अस्पतालमा सोमबार र बिहीबार स्वाब सङ्कलन गरी परीक्षणका लागि टेकु अस्पताल पठाउने गरिएको छ । यसैगरी नारायणटारस्थित शङ्खरापुर अस्पतालमा बुधबार पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गर्ने गरिएको छ । अत्यावश्यक भई परीक्षण गर्नुपरेमा भने एन्टिजेन परीक्षण गर्ने गरिएको नगरपालिकाले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’
    • चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.