साइबर अपराध बढेपछि सामाजिक सञ्जाल प्रयोमा सजग हुन प्रहरीको अपील
न्युजभित्तो/१६ जेष्ठ २०७८, आईतवार १४:३०
काठमाडौं,१६ जेठ । सामाजिक सञ्जालमा प्रलोभनमा पारेर ठगी तथा ब्ल्याकमेलिङका घटना बढ्न थालेपछि प्रहरीले सजग रहन आह्वान गरेको छ ।
पछिल्लो समय केही व्यक्ति तथा आपराधिक समूहहरूले प्रविधिको दुररुपयोग गरी सामाजिक सञ्जाल प्रयोगकर्तालाई फ्रेन्ड रिक्वेस्ट पठाउने र फेसबुक म्यासेन्जर, व्हाट्सएप, भाइबर, इमो आदि भिडियो कल गरी अपरिचित ब्यक्ति आफैले अश्लिल कृयाकलाप देखाई सम्बन्धित व्यक्तिलाई उक्साई अनैतिक कुराकानी तथा अश्लिल कृयाकलापमा संलग्न हुने वातावरण बनाउने घटना बढेको प्रहरीले बताएको छ ।
यस्ता अनैतिक-अश्लिल क्रियाकलापमा संलग्न गराएपश्चात् उक्त भिडियो कलको रेकर्ड गरी ‘साइबर अपराधमा फसाइदिन्छु’, ‘सामाजिक तथा पारिवारिक सम्बन्ध तहसनहस गराइदिन्छु…’ भन्ने किसिमका धम्की दिने गरेको र बारम्बार रकम माग गर्ने गरेका घटनाहरू बढ्दै गएको समेत प्रहरीले बताएको छ ।
साथै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई यस्तो क्रियायाकलापबाट सजग रहन तथा आपराधिक व्यक्ति तथा समूहको शिकारबाट जोगिन र प्रलोभनमा परी कोही कसैसँग पनि यस्तो प्रकारले भिडियोकल तथा भ्वाइसकल नगर्न प्रहरीले विज्ञप्तिमार्फत् आग्रह गरेको छ ।