सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ग्राण्डीमा पिसिआर परीक्षण ल्याब सञ्चालन


  •    न्युजभित्तो/१६ जेष्ठ २०७८, आईतवार ११:२७ 
  • काठमाडौँ, १६ जेठ । काठमाडौँको टोखामा सञ्चालित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पिसिआर परीक्षण ल्याब सञ्चालनमा आएको छ ।

    विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै कोरोना परीक्षणका लागि ग्राण्डीले पिसिआर परीक्षण ल्याब सञ्चालनमा ल्याएको हो ।

    अस्पतालका महाप्रबन्धक विकासमान सिंहले अत्याधुनिक मेसिन जडान गरी पिसिआर परीक्षण ल्याब सञ्चालनमा ल्याएको राससलाई जानकारी दिनुभयो । ‘धर्मफिसर क्वान्ट स्टुडियो फाइभ’ नामक मेसिनबाट एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्न मिल्नेछ ।

    उक्त मेसिन जडानका लागि ग्राण्डीले रु एक करोड ५० लाख खर्च गरेको छ । “पिसिआर परीक्षण ल्याब जडानसँगै अब बिरामी, अस्पतालका चिकित्सक तथा कर्मचारी पिसिआर परीक्षणका लागि अन्य अस्पताल तथा स्वास्थ्य संस्था धाउनु पर्दैन”, महाप्रबन्धक सिंहले भन्नुभयो । स्वाब सङ्कलन गरेको पाँचदेखि छ घण्टाभित्र बिरामीको रिपोर्ट आइसक्ने उक्त ल्याबमा कोभिडबाहेक अन्य भाइरसको समेत परीक्षण गर्न मिल्ने ल्याबका प्रमुख डा रञ्जना पराजुलीले जानकारी दिनुभयो । “ल्याबमा कोभिडबाहेक एचआइभी एड्स, हेपाटाइटिस, इन्फ्लुएन्जा, जीनलगायतको परीक्षण गर्न मिल्छ”, उहाँले भन्नुभयो ।

    एकपटकमा ९६ जनाको परीक्षण गर्न मिल्ने सो ल्याबमा दैनिक झण्डै ३०० सङ्क्रमितको परीक्षण गर्न मिल्नेछ । आगामी दिनमा बिरामीको चापअनुसार सेवा विस्तार गर्दै लैजाने अस्पतालले जनाएको छ । ग्राण्डीले हाल ७० भन्दा बढी कोरोना बिरामीको उपचार गरिरहेको छ । विसं २०६९ मा स्थापना भएको ग्राण्डीमा २०० भन्दा बढी शय्यामार्फत बिरामीको उपचार हुँदै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’
    • चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.