आसन्न अमेरिकाको एनआरएनए निर्वाचन र सकारात्मक संकेत
न्युजभित्तो/१५ जेष्ठ २०७८, शनिबार ०९:२७
प्रदिप पौडेल आगामी मेको अन्तिम साता हुन गईरहेको नयाँ कार्यकाल २१–२२ का लागि गैर आवासीय नेपालीहरुको साझा संस्था एनआरएनए अमेरिकाको निर्वाचनले अमेरिकी नेपालीहरु बीच उत्साह र वहस तातो बनाएको छ। चाहे अनलाइन मिडिया होस् वा सामाजिक संजाल वा भिन्नभिन्न कार्यक्रमहरुका बीच ४०० भन्दाबढी आकांक्षीहरु भिन्नभिन्न पदहरुमा आफ्नो दावी पेश गरी सक्नु भएको छ। ५ अध्यक्षका आकाक्षी सहित आफ्ना एजेन्डा र साना ठूला सहयोगी साथीहरुका बीच भिन्नभिन्न शहरहरुमा आफ्नो एजेन्डा र योजना सहित मैदानमा उत्रनुभएको छ।
प्रजातान्त्रिक ब्यबस्थामा एकै विचार र नेतृत्वलाई सबैले स्वीकार गर्न सहज बनाउने माध्यम भनेकै निर्वाचन हो। निर्वाचनमा जुन नेतृत्वमा धेरै जनाले स्वकृति दिन्छन् ,उसैलाई सबैले स्वीकार गर्नु धर्मपनि हो। नेपाली समाज पनि यश प्रकृयाबाट बिस्तारै अभ्यस्त हुँदै गएको देखिन्छ । हुन त लामो प्रजातान्त्रिक अभ्यास भएको अमेरिका र भारत जस्ता देशहरुमा पनि समय सापेक्ष केही कमी कमजोरी र नयाँ अभ्यासहरु अवलम्बन गरिरहेको हामी देख्दछोै भने गैर नाफामुलक नेपालीहरुको साझा संस्था, त्यसमाथि पनि संसार कै सबैभन्दा धेरै सदस्य रहेको यश संस्थामा आबद्ध र एक दशक पनि ननाघेको संस्थामा कमिकमजोरी नरहनु कल्पना भन्दा बाहिरको कुरा हो। नोवेल पुरस्कार जस्तो शताब्दी लामो ईतिहास बकेको गैरनाफामुलक संस्थाले पनि वेला बखत विधा थपघट र दिइएको पुरस्कार फिर्तासम्मका कदमहरु उठाउने गरेको पाईन्छ भने हामीले पनि पाठ सिक्दै अगाडि बढ्नुको विकल्प छैन।
आसन्न २ वर्षको कार्यकालका लागि हुने निर्वाचनले नेपालीहरुको स्वभाव र नेतृत्व प्रकृयामा परिस्कृत अभ्यासको आभास देखाएको छ र संभावना पनि। यस पटकको निर्वाचनमा महिला भोटर अनुमानित २८ प्रतिशत प्रतिशत रहेका छन् र महिलाको उत्साहजनक उम्मेदवारी परिवर्तनको लक्षण हो, यसैमा विगतभन्दा धेरै युवाहरुमा बढेको चासो र उम्मेदवारीलाई सकारात्मक रुपमा लिनु पर्दछ। यसपटकको निर्वाचनमा विगत जस्तो कुनै विचार समूह वा नेपालमा रहेको पार्टीगत वैचारिक समूह जस्तै देखिने गरी समूहको निर्माण नहुने प्राय निश्चित छ जुन नेपालीबी विभाजनको अर्को कारक तत्व मानिएको थियो। हुनत कानुनत कुनै विचार समूह वा धार्मिक समूहका नाममा समूह बनाउन नपाईने विधानमा स्पस्ट लेखिएको भएता पनि, व्यवहारमा कुनै न कुनै समूह स्पस्ट देखिदै आएको विगतको परम्परा यसपटक दृश्य प्राय छैन। यस पटक विगतमा जस्तो उम्मेदवारलाई गाली वा ब्यक्तिगत टीका टिप्पणी गर्ने परम्परागतशैली पनि परिवर्तन भएको छ केही सालोैं साल नकारात्मक टिप्पणी गर्ने सामाजिक सञ्जाल प्रयोगकर्ता बाहेक उमेदवारहरुले ब्यक्तिगत टीका टिप्पणी गरेका छैनन् , अमेरिकामा बसोवास गर्ने धेरै नेपाली सचेत नै छन् र विगतमा ब्यक्तिगत टिप्पणी गर्नेहरुका विरुद्धमा जनमत तयार भएकाले गर्दा सो आफूलाई प्रत्युत्पादक हुने निश्चित प्राय रहेकाले सबैले सोबाट बच्न कोसिस गरेको देखिन्छ तर ब्यक्तिगत टीका टिप्पणी गर्ने बानी परेका औललामा गन्न सकिने केही सामाजिक संजाल प्रयोगकर्ता सबैले चिनिसकेकाले त्यसको खास महत्त्व नहुने देखिन्छ । यसपटकका नेतृत्व आकांक्षीहरुमा एजेन्डामा पनि समानता देखिन आएएकोले, आकांक्षीको क्षमता, उसले दिन सक्ने समय, अनुभव, कार्यशैली र ब्यक्तिगत आचरण र ब्यवहारलाई मतदाताले मूल्यांकन गर्ने आंकलन गरिएको छ, विगतमा नेतृत्वमा पकड र यो पद पछि मेरो पालो वा म नै हुनुपर्छ भन्ने हुकुमी भाषालाई मतदाताले मूल्यांकन गर्ने देखिन्छ । ३ लाख बढी अनुमानित बसोबास रहेको भन्ने समाजमा भिन्न क्षमता र नेतृत्व अब्वलता हुनु नोैलो होईन, कोहि फ्रन्टमा आउन चाहाने कोहि नचाहाने स्वभाविक हो तर न्यून मतदाता भएपनि सबैको राय सामाजिक संजालमा देख्दा परम्परागत नेतृत्वमाभन्दा करिस्मेटिक नेतृत्वमा विश्वास गर्ने गरेको यदाकदा देखिन आउँछ।
५० राज्य र विशाल भुगोल ओगटेको अमेरिकामा चुनाव गर्नु एक खर्चिलो प्रकृया पनि हो हरेक उमेदवार हरेक राज्यमा पुग्न १ दिन १ राज्य राखेपनि ५० दिन र यात्रा र खानपान असंभव प्राय हो, उमेदवार आकांक्षी मात्रै हैन मतदाताले नै यसमा बन्देज लगाउनुपर्ने देखिन्छ । कुनै लोकप्रिय उमेदवारसँग जोडिन जान चाहाने लर्को र उपस्थितिले स्थानीयस्तरमा ब्यबस्थापन गर्न कठिन भएको भन्ने पनि सुनिन्छ । हुन त अभियानमा जोडिन आउनेहरु सबैले आफ्नो हवाई टिकट र होटलको खर्च आफै नै ब्यहोर्दै आएको भएपनि ठूलो संख्यामा उपस्थित जमातलाई कार्यक्रमस्थल र एअरपोर्ट रिसिभ गर्न पनि कतिपय अबस्थामा हम्मेहम्मे परेको गुनासो आउने गरेको छ, सानो समूहका लागि तुलनात्मक यो जटिलता कम हुन्छ। कतिपय उमेदवारले आफू अभियानको क्रममा रहँदा सो भेगमा रहेका राष्ट्रिय आकांक्षीलाई पक्ष विपक्ष जे भएपनि निमन्त्रणा दिने र आफ्ना कुरा राख्न समय उपलब्ध गराउने गरेका छन् तर कुनै शंकिर्ण सोच र सानो झुन्डमा र आफ्नै वाहवाहिमा रमाउनेहरु पनि रहनाले भिन्न भिन्न समूहहरुको उपस्थिति सानो वा ठूलो देखिदै आएको छ।
विगतका सानो तिनो गल्ती र कमजोरीबाट नै सुधार र परिवर्तन हुने कुरामा दुईमत छैन, सक्षम मानिस र विज्ञ धेरै होलान् ,तर नेतृत्व आकांक्षीबट नै खोज्ने हो । राम्रा सबै होलान् त्यो मध्येबाटै तुलनात्मक राम्रो खोज्ने हो । हामी सबैका ईतिहास, परिश्रम, कथामा कहिं न कहि समानता छन् एकै स्थानमा उभिदा पनि सूर्यको गति अनुसार छांयाको उचाई र स्वरुप फरक देखिन्छ, त्यसैले यो एनआरएनले सबैलाई एक सूत्रमा बाध्न सकोस्, निर्वाचन फेरि पनि आउँछ , सबैको सक्रियता र विज्ञता यश संस्थालाई निरन्तर चाहिन्छ, विजेतामा उमंग र उपविजेतामा नैरास्यता हुन जरुरी छैन, एक आपसमा हिलो छ्याप्नेलाई सबैले चिन्ने हुनाले सकभर बचेर निरंतर क्रियाशीलदता र सबैमा विजयको शुभकामना टक्क्र्याउन चाहान्छु। यात्रा जारी छ। जय नेपाल। जय एनआरएन ! (पौडेल वोर्ड अफ डाईरेक्टर २१–२३ अमेरिकाका उम्मेदवार हुनुहुन्छ ।)
प्रदिप पौडेल
आगामी मेको अन्तिम साता हुन गईरहेको नयाँ कार्यकाल २१–२२ का लागि गैर आवासीय नेपालीहरुको साझा संस्था एनआरएनए अमेरिकाको निर्वाचनले अमेरिकी नेपालीहरु बीच उत्साह र वहस तातो बनाएको छ। चाहे अनलाइन मिडिया होस् वा सामाजिक संजाल वा भिन्नभिन्न कार्यक्रमहरुका बीच ४०० भन्दाबढी आकांक्षीहरु भिन्नभिन्न पदहरुमा आफ्नो दावी पेश गरी सक्नु भएको छ। ५ अध्यक्षका आकाक्षी सहित आफ्ना एजेन्डा र साना ठूला सहयोगी साथीहरुका बीच भिन्नभिन्न शहरहरुमा आफ्नो एजेन्डा र योजना सहित मैदानमा उत्रनुभएको छ।
प्रजातान्त्रिक ब्यबस्थामा एकै विचार र नेतृत्वलाई सबैले स्वीकार गर्न सहज बनाउने माध्यम भनेकै निर्वाचन हो। निर्वाचनमा जुन नेतृत्वमा धेरै जनाले स्वकृति दिन्छन् ,उसैलाई सबैले स्वीकार गर्नु धर्मपनि हो। नेपाली समाज पनि यश प्रकृयाबाट बिस्तारै अभ्यस्त हुँदै गएको देखिन्छ । हुन त लामो प्रजातान्त्रिक अभ्यास भएको अमेरिका र भारत जस्ता देशहरुमा पनि समय सापेक्ष केही कमी कमजोरी र नयाँ अभ्यासहरु अवलम्बन गरिरहेको हामी देख्दछोै भने गैर नाफामुलक नेपालीहरुको साझा संस्था, त्यसमाथि पनि संसार कै सबैभन्दा धेरै सदस्य रहेको यश संस्थामा आबद्ध र एक दशक पनि ननाघेको संस्थामा कमिकमजोरी नरहनु कल्पना भन्दा बाहिरको कुरा हो। नोवेल पुरस्कार जस्तो शताब्दी लामो ईतिहास बकेको गैरनाफामुलक संस्थाले पनि वेला बखत विधा थपघट र दिइएको पुरस्कार फिर्तासम्मका कदमहरु उठाउने गरेको पाईन्छ भने हामीले पनि पाठ सिक्दै अगाडि बढ्नुको विकल्प छैन।
आसन्न २ वर्षको कार्यकालका लागि हुने निर्वाचनले नेपालीहरुको स्वभाव र नेतृत्व प्रकृयामा परिस्कृत अभ्यासको आभास देखाएको छ र संभावना पनि। यस पटकको निर्वाचनमा महिला भोटर अनुमानित २८ प्रतिशत प्रतिशत रहेका छन् र महिलाको उत्साहजनक उम्मेदवारी परिवर्तनको लक्षण हो, यसैमा विगतभन्दा धेरै युवाहरुमा बढेको चासो र उम्मेदवारीलाई सकारात्मक रुपमा लिनु पर्दछ। यसपटकको निर्वाचनमा विगत जस्तो कुनै विचार समूह वा नेपालमा रहेको पार्टीगत वैचारिक समूह जस्तै देखिने गरी समूहको निर्माण नहुने प्राय निश्चित छ जुन नेपालीबी विभाजनको अर्को कारक तत्व मानिएको थियो। हुनत कानुनत कुनै विचार समूह वा धार्मिक समूहका नाममा समूह बनाउन नपाईने विधानमा स्पस्ट लेखिएको भएता पनि, व्यवहारमा कुनै न कुनै समूह स्पस्ट देखिदै आएको विगतको परम्परा यसपटक दृश्य प्राय छैन। यस पटक विगतमा जस्तो उम्मेदवारलाई गाली वा ब्यक्तिगत टीका टिप्पणी गर्ने परम्परागतशैली पनि परिवर्तन भएको छ केही सालोैं साल नकारात्मक टिप्पणी गर्ने सामाजिक सञ्जाल प्रयोगकर्ता बाहेक उमेदवारहरुले ब्यक्तिगत टीका टिप्पणी गरेका छैनन् , अमेरिकामा बसोवास गर्ने धेरै नेपाली सचेत नै छन् र विगतमा ब्यक्तिगत टिप्पणी गर्नेहरुका विरुद्धमा जनमत तयार भएकाले गर्दा सो आफूलाई प्रत्युत्पादक हुने निश्चित प्राय रहेकाले सबैले सोबाट बच्न कोसिस गरेको देखिन्छ तर ब्यक्तिगत टीका टिप्पणी गर्ने बानी परेका औललामा गन्न सकिने केही सामाजिक संजाल प्रयोगकर्ता सबैले चिनिसकेकाले त्यसको खास महत्त्व नहुने देखिन्छ । यसपटकका नेतृत्व आकांक्षीहरुमा एजेन्डामा पनि समानता देखिन आएएकोले, आकांक्षीको क्षमता, उसले दिन सक्ने समय, अनुभव, कार्यशैली र ब्यक्तिगत आचरण र ब्यवहारलाई मतदाताले मूल्यांकन गर्ने आंकलन गरिएको छ, विगतमा नेतृत्वमा पकड र यो पद पछि मेरो पालो वा म नै हुनुपर्छ भन्ने हुकुमी भाषालाई मतदाताले मूल्यांकन गर्ने देखिन्छ । ३ लाख बढी अनुमानित बसोबास रहेको भन्ने समाजमा भिन्न क्षमता र नेतृत्व अब्वलता हुनु नोैलो होईन, कोहि फ्रन्टमा आउन चाहाने कोहि नचाहाने स्वभाविक हो तर न्यून मतदाता भएपनि सबैको राय सामाजिक संजालमा देख्दा परम्परागत नेतृत्वमाभन्दा करिस्मेटिक नेतृत्वमा विश्वास गर्ने गरेको यदाकदा देखिन आउँछ।
५० राज्य र विशाल भुगोल ओगटेको अमेरिकामा चुनाव गर्नु एक खर्चिलो प्रकृया पनि हो हरेक उमेदवार हरेक राज्यमा पुग्न १ दिन १ राज्य राखेपनि ५० दिन र यात्रा र खानपान असंभव प्राय हो, उमेदवार आकांक्षी मात्रै हैन मतदाताले नै यसमा बन्देज लगाउनुपर्ने देखिन्छ । कुनै लोकप्रिय उमेदवारसँग जोडिन जान चाहाने लर्को र उपस्थितिले स्थानीयस्तरमा ब्यबस्थापन गर्न कठिन भएको भन्ने पनि सुनिन्छ । हुन त अभियानमा जोडिन आउनेहरु सबैले आफ्नो हवाई टिकट र होटलको खर्च आफै नै ब्यहोर्दै आएको भएपनि ठूलो संख्यामा उपस्थित जमातलाई कार्यक्रमस्थल र एअरपोर्ट रिसिभ गर्न पनि कतिपय अबस्थामा हम्मेहम्मे परेको गुनासो आउने गरेको छ, सानो समूहका लागि तुलनात्मक यो जटिलता कम हुन्छ। कतिपय उमेदवारले आफू अभियानको क्रममा रहँदा सो भेगमा रहेका राष्ट्रिय आकांक्षीलाई पक्ष विपक्ष जे भएपनि निमन्त्रणा दिने र आफ्ना कुरा राख्न समय उपलब्ध गराउने गरेका छन् तर कुनै शंकिर्ण सोच र सानो झुन्डमा र आफ्नै वाहवाहिमा रमाउनेहरु पनि रहनाले भिन्न भिन्न समूहहरुको उपस्थिति सानो वा ठूलो देखिदै आएको छ।
विगतका सानो तिनो गल्ती र कमजोरीबाट नै सुधार र परिवर्तन हुने कुरामा दुईमत छैन, सक्षम मानिस र विज्ञ धेरै होलान् ,तर नेतृत्व आकांक्षीबट नै खोज्ने हो । राम्रा सबै होलान् त्यो मध्येबाटै तुलनात्मक राम्रो खोज्ने हो । हामी सबैका ईतिहास, परिश्रम, कथामा कहिं न कहि समानता छन् एकै स्थानमा उभिदा पनि सूर्यको गति अनुसार छांयाको उचाई र स्वरुप फरक देखिन्छ, त्यसैले यो एनआरएनले सबैलाई एक सूत्रमा बाध्न सकोस्, निर्वाचन फेरि पनि आउँछ , सबैको सक्रियता र विज्ञता यश संस्थालाई निरन्तर चाहिन्छ, विजेतामा उमंग र उपविजेतामा नैरास्यता हुन जरुरी छैन, एक आपसमा हिलो छ्याप्नेलाई सबैले चिन्ने हुनाले सकभर बचेर निरंतर क्रियाशीलदता र सबैमा विजयको शुभकामना टक्क्र्याउन चाहान्छु। यात्रा जारी छ। जय नेपाल। जय एनआरएन !
(पौडेल वोर्ड अफ डाईरेक्टर २१–२३ अमेरिकाका उम्मेदवार हुनुहुन्छ ।)