सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्वास्थ्यकर्मीमाथि कुटपीट गर्नेलाई कानूनी दायरामा ल्याउन मानव अधिकार आयोगको आग्रह


  •    न्युजभित्तो/१४ जेष्ठ २०७८, शुक्रबार १६:३५ 
  • काठमाडौं,१४ जेठ । बाँकेको भेरी अस्पतालमा संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको कुटपीटको घटना तथा अस्पतालमा भएको तोडफोडको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ । आयोगले शुक्रबार एक विज्ञप्ती जारी गर्दै घटनाबारे आयोगको लुम्बिनी प्रदेश शाखा कार्यालय, नेपालगञ्जले शुक्रबार नै स्थलगत अनुगमन गरेको पनि जनाएको छ ।

    बाँकेको भेरी अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको भन्दै मृतकका आफन्तले बिहिबार साँझ स्वास्थ्यकर्मीमाथि कुटपीट गर्नुका साथै अस्पतालको कोभिड उपचार कक्षमा तोडफोड गरेको र चिकित्सक तथा नर्समाथि आक्रमण गरेको अनुगमनका क्रममा पाइएको छ । साथै आफुमाथी आक्रमण भएपछि ४ जना स्वास्थ्यकर्मीले एक तलामाथिबाट हाम फालेको अनुगमनको क्रममा पाइएको आयोगका प्रवक्ता समेत रहेका सहसचिव डा.टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । उनका अनुसार स्वास्थ्यकर्मी सुरक्षाको पूर्ण प्रत्याभूति नहुँदासम्म काममा नफर्कने भन्दै घटनाको विरोध गरिरहेको पाइएको छ ।

    कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा रही अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि भएका यस प्रकारका कुटपीट तथा अस्पताल तोडफोडका घटनाले अहिलेको संकटको अवस्थामा उच्च मनोबलका साथ कार्य गर्नुपर्ने स्वास्थ्यकर्मीको मनोबल र प्रतिष्ठामा नकरात्मक असर पर्ने आयोगको ठहर छ ।

    घटनाको शीघ्र र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन, यस प्रकारको कार्यको पुनरावृत्ति हुन नदिने कुराको सुनिश्चितता गर्न र महामारीको यस संकटपूर्ण अवस्थामा स्वास्थ्य जस्तो अत्यावश्यकीय सेवालाई कुनै पनि तवरले अवरोध हुने अवस्था सिर्जना हुन नदिन आयोगले विज्ञप्तीमार्फत नै सरकारको ध्यानाकर्षण पनि गराएको छ । साथै, स्वास्थ्य जस्तो अति संवेदनशील सेवालाई अवरुद्ध नगरी वार्ता र संवादको माध्यमबाटै समस्याको समाधान गर्न पनि आयोगले सबै पक्षलाई आग्रह पनि गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’
    • चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.